Breaking

देउवालाई शेखरको चुनौती, चुप बसे गगन, गठबन्धन फुटाउन ओली सफल, कोशीको मुख्यमन्त्रीले राजनीतिक उलटपुलट


काठमाडौँ — आगामी निर्वाचनबाट कसैसंग गठबन्धन नगर्ने वहस चर्को बनेको कांग्रेसभित्र अहिले कसलाई वोक्ने भन्ने रस्साकस्सी बढ्दो छ । जहाँ सभापति देउवा यहि गठबन्धनलाई मौन समर्थन गरिरहेका छन भने ईतर पक्ष माओवादी वोक्न नसकिने निष्कर्षमा पुगिसकेको छ । यसैमा खेल्ने दाउमा एमाले रहदाँ कांग्रेसभित्र गुटमा देखिएको दरारले कोशीमा नयाँ परिस्थिती विकास हुदाँ माओवादी नै मालामाल बन्ने अवस्था देखिएको हो ।

वर्तमान नेतृत्वले अराजकतालाई प्रश्रय दिएको भन्दै प्रधानमन्त्री परिवर्तनको वहसमा रहेको कांग्रेसको डा.शेखर कोईराला एमाले वोकेर कोशीबाट नयाँ सुरुवात गर्न लागि परेको छ । सभापति शेरबहादुर देउवा पक्षमै देखिएको असन्तुष्टि र एमाले राप्रपाको साथ पाउने आशामा रहेका उनी यसअघिबाटै परिवर्तनको संकेत कोशीबाटै गर्ने दाउमा थिए ।

त्यसका लागि केदार कार्कीलाई साझा व्यक्तित्वका रुपमा अघि सारेका कोईराला यहि भुगोलको राजनीतिले केन्द्रमै पनि समिकरणको परितर्वनको आशामा छन । झट्ट हेर्दा माओवादी वोक्ने संस्थापनको रुची विरुद्ध एमाले राप्रपा वोक्ने बाटोमा कोईराला पक्ष देखिदाँ कृष्णप्रसाद सिटौला आफ्ना गुटका उद्धव थापाले मन्त्री नपाउनेमा पक्का भएका हुन । फलत ः देउवा फकाएर मुख्यमन्त्री नै माओवादीलाई दिने निर्णय गराउन सिटौला सफल भए ।

जसले विपरित गुटले पाउनु भन्दा मध्यावधी नै सम्भावना वलियो बनाउन देउवा गुट लागेको प्रष्ट देखिएको हो । जहाँनेकपा माओवादीका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीको उम्मेद्वार बनाउने सत्ता गठबन्धनको निर्णय कोशी प्रदेका कोईराल पक्षीय सांसदहरुले अस्वीकार गर्ने घोषणा नै गरिसकेका छन । आफूहरुको प्रस्ताव देउवाले लत्याएको भन्दै संविधानको धारा १६८ को उपधारा ५ ले दिएको अधिकारसदनमा प्रयोग गर्ने बताएका उनीहरुले फ्लोर क्रसको संकेत गरेका थिए ।

यहि निर्णय गर्न छुट्टै छलफलमा अघि बढेका उनीहरु गठबन्धनको विपक्षमा उभिए र एमालेले गठबन्धन भाँड्न त्यो समूहलाई सघाउने कदम चाले सरकार बनाउन पुग्ने संख्या समेत प्रयाप्त हुने स्थिती देखिएको विश्लेषणकै बाटोमा परिस्थिती अघि बढेको छ । त्यस्तैउपसभामुखसहित ४० सांसद रहेको एमालेले समेत कोईराला पक्षकालाई अघि बढ्न साथ दिईसकेको अवस्थामा राप्रपाको समेत उत्तिकै साथ मिल्न सक्ने अवस्था छ ।यसले कुन पार्टीलाई वोक्ने भन्ने विषयमा कांग्रेसभित्र देखिएको गुटको चरिम अवस्था कोशीमा देखिने सम्भावना छ ।

हुन त माओवादीले समेत एमाले कार्ड खेलिरहेको अवस्थामा कोशीमा माओवादीकै मुख्यमन्त्रीलाई सहयोग गरेर ढोक्साको खेल खेल्ने सम्भावना समेत छ । तर उनीहरुका विच देखिएको कटुताले त्यो त्यति सहज नदेखिदाँ कांग्रेसभित्रको गुटको खेलमा अहिलेजति खेल्न सक्ने अवस्थाको विश्लेषणमै पुगेको छ । फलत ः प्रदेशबाट केन्द्रसम्मै कोईराला पक्षले देखाएको एमाले वोक्न रणनिति कार्यान्वयन गर्ने अवसर यहि भएकोबुझाईमा ओली छन ।

जहाँ सुसासनका नाममा सरकारले अघि सारेको वार्गेनिङ रणनिति,फायलहरुमा देखिएको पक्षधरता तथा बढ्दो अराजकतालाई मसला बनाउने बाटो कोईराला र ओलीका साझा मुद्धा नै हुन । यद्यपी देउवा चुईक्क नभएसम्म केहि फरक नपार्ने बुझेका प्रधानमन्त्री पुष्पकमल दाहाल उनकै कदमा चलेर यी सवै रणनिति फेल गर्ने बाटोमा छन ।

यहि कारण मुख्यमन्त्रीको विषयमा समेत देउवाले संकेत गरेपछि मात्रै प्रचण्डले आङ्वोलाई अघि सार्दा माओवादीका कोशी प्रदेशका सांसदहरु समेत कोईराला जतिको मान्छेलाई त्यस्तो कदम चाल्न नैतिकताले नदिने बताउन थालेका छन । त्यस्तै नेतृत्व परिवर्तन नै भएपनि प्रचण्डका ठाँउमा देउवा हुने तर गठबन्धन परिवर्तन नहुने अर्को भाष्य निर्माणमा समेतमाओवादी नेताहरु लागि परेका छन ।

संसदीय अंकगणितको धरातलले समेत कुनै एक दलमात्रले सरकार बनाउन सक्ने अवस्था नभएको धुव्रसत्य हो । त्यसैमा खेल्दै कहिले माओवादी एमाले त कहिले कांग्रेस माओवादीले गठबन्धन बनाएर सत्तारोहण गरेको समेत धेरै नहुदाँ कांग्रेस आगामी निर्वाचनबाट एक्लै मैदानमा उत्रिने वहसमा छ । तर बढ्दो गज्जबले त्यहि पार्टीका गुटहरु कसले कुन पार्टीलाई वोक्ने भन्ने दौडमा लागि पर्दा माओवादी र एमाले दुवै च्याखे राजनीतिमा छन ।