Breaking

नेपालीको उद्धार गर्न परराष्ट्रमन्त्रीसहितको टोली इजरायल प्रस्थान


काठमाडौँ – इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं गएका छन् ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले राति ११ बजे जाने नेपाल एयरलाइन्सको विमानमा परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको थियो तर उनी बिहान तीन बजेपछि मात्रै त्यहाँका लागि उडरेका छन् ।

चालक दलका सदस्यलाई मात्रै इजरायल जाने अनुमति भएपछि उनी जाने टुंगो थिएन ।

प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा परी १० नेपालीको मत्यु भएको थियो भने ४ जना घाइते भएका छन् । एकजना अझै सम्पर्कबिहीन छन् ।

तनावग्रस्त क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुलाई इजरायली सुरक्षा संयन्त्रले उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ । तेल अबिबस्थित नेपाली दूताबासका अनुसार करिव ४०० नेपालीले घर फर्किन विवरण टिपाएका छन् ।