Breaking

ओली सक्न देउवाले प्रचण्डलाई मुख्यमन्त्री दिने, शेखर–ओलीको छुट्टै दाउ, कोशीबाट फेरिएला समीकरण ?


काठमाडौँ — कोशी प्रदेशमा सरकार निर्माणका लागि सवै विकल्प खुल्ला राख्ने कांग्रेसको रणनितिले केन्द्रसम्मै नयाँ समिकरणको सम्भावना बढाएको छ । जहाँ एमाले र राप्रपा समेटिएर कांग्रेसको शेखर पक्षका सांसद मुख्यमन्त्री बन्ने सम्भावना बढ्दा भुगोलको राजनीति समेत चर्चामा छ । त्यस्तै माओवादीको फेल भएको एमाले अश्त्र र एमाले नेताहरुले माओवादी नेताप्रति देखाएको कटुताले समेत यो चर्चालाई अझ वल पुर्याएको हो ।

केन्द्रमै पनि पुष्पकमल दाहाल प्रचण्डलाई वोक्न नसक्ने भन्दै सरकारको नेतृत्वको वकालत गरिरहेका कांग्रेस नेता डा.शेखर कोईराला त्यसको कार्यान्वयन कोशी प्रदेशबाट पुरा गर्ने बाटोमा अघि बढेका छन । एमाले वा राप्रपाको साथ नपाए मध्यावधीबाट कसैले रोक्न नसक्ने स्थिति कोशीमा बनेको छ । त्यसलाई रोक्ने बाध्यतामा दलहरु रहदाँ कांग्रेसले सवै विकल्प खुल्ला राख्ने रणनिति अघि बढाएको हो ।

यसैको उपयोग गर्दै आफू निकट सांसदलाई एमाले र राप्रपाको सहयोगमा मुख्यमन्त्री बनाउने दाउमा कोईराला रहदाँ त्यसैले आफूले थालेको सरकारको नेतृत्व परिवर्तनको वहसले सार्थकता पाउने आशामा उनी देखिन्छन । जहाँ कोशी नै गृह प्रदेश रहेका एमाले अध्यक्ष केपी शर्मा ओली,राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र कांग्रेस नेता कोईरालाको आवाज सुन तस्करी प्रकरणको छानविन समिति गठन निर्माणको मागताकाबाटै एक सुनिन थालेको हो । अर्कातर्फ यहि परिस्थितीको सम्भावनालाई मध्यनजर गर्दै एमालेसंग एक हुन सक्ने माओवादी नेता बर्षमान पुनले समेत अस्त्र फालेका थिए ।

तर एमाले कोशी प्रदेशमा कांग्रेसको संस्थापनइतर समूहलाई सघाउन तयार छ, माओवादी केन्द्रसँग नजिकिने कुनै संकेत छैन भने ओलीले सार्वजनिक समारोहहरूमा कांग्रेसभन्दा ज्यादा प्रधानमन्त्री प्रचण्ड र उनको पार्टी माओवादीको आलोचना गरिरहेका छन् । यद्यपी पुनको भाषाले गठबन्धनमा देखिएको डरको वातावरण प्रतिविम्वित गरेको छ भने ठुलो घटक रहेर पनि कांग्रेसले सरकारका राम्रा कामको प्रचार गरेको छैन ।

त्यस्तै मौन रहेको संस्थाप पक्ष समेत प्रचण्ड आफै गलेर नेतृत्व परिवर्तनको पक्षमा देखिउन भन्ने बुझाईमा रहेको विश्लेषणका विच गठबन्धन भत्किने स्थितिमा कांग्रेस र माओवादी दुवैको सहारा एमाले बन्न पुग्ने स्थितीले भने देउवा हच्किएका छन । यहि परिस्थितीमा कोशीमा बनेको वातावरण र नेताहरुले देखाउन थालेको हरियो संकेतले माओवादी कांग्रेसले एक अर्कालाई धम्काउन प्रयोग गर्ने अश्त्रमा मात्रै एमाले सिमित नहुने सम्भावना वलियो बन्न थालेको विश्लेषण सुरु भएको हो ।

एमालेको रुचि र आफ्नो चाहना मिलेपछि मुुख्यमन्त्रीमा दाबी पेस गर्ने मुडमा कोईराला पक्षका सासद केदार कार्की छन भने एमालेले अनौपचारिक रूपमा ‘ग्रिन सिग्नल’ दिएको छ । यसको अर्थ एमालेले कांग्रेसलाई आफ्ना तर्फबाट सुनिश्चित हुन संकेतका रुपमा समेत यसलाई प्रयोग गरेको प्रष्ट छ । जहाँ आफ्ना उम्मेदवार अघि नसारेका वरु मध्यावधीकै वाटो रोज्ने ओलीको अडानले उनी माओवादी कांग्रेसमा खेल्ने बाटोमा रहेको प्रष्ट छ ।

यसैलाई केन्द्रमा नयाँ समिकरणको बाटो तय गर्ने बाटोमा रहेका उनी कांग्रेसभित्रै रहेको प्रचण्ड वोक्ने कि छोड्ने भन्ने वहसले चर्काएको दूई गुटमा खेल्न सक्ने बुझाईमा देखिन्छन । यता देउवाले भने कांग्रेसले पाए दलका नेता उद्धव थापा नै कोशीको मुख्यमन्त्री हुने बताएका छन भने अर्को विकल्प आउँदा पार्टीभित्र सल्लाह गर्ने वचन प्रदेससभा सांसद भीम पराजुलीलाई दिएका छन ।

त्यस्तै एमालेको सहयोग लिने पराजुलीको प्रस्ताव प्रति खाँसै चासो नदेखाएको उनको अवस्थाले देउवा भने अझै पनि आफ्नो अडानमा कायम रहने बाटोमै देखिएका छन । जहाँ कांग्रेसको कोईराला पक्ष र एमाले पुरानै अनुहार ल्याए राम्रो सन्देश नजाने भाष्य निर्माण गरिरहेका छन । यद्यपी माओवादी सांसदहरु भने सहमतीको सरकार बनेपनि गठबन्धनलाई असर नगर्ने बताईरहेका छन ।

अहिलेकै स्थितीमा कम्तिमा राप्रपाको साथ नपाए सरकार बनाउन गठबन्धनलाई मुस्किल छ । आफू प्रयोग मात्र नहुनेमा विश्वस्त नभई एमालेले सहयोग गर्ने अवस्था छैन भने राप्रपाले एमालेकै साथ दिएकै कारण यसअघिबाटै सरकार निर्माण हुन सकिरहेको छैन । त्यस्तै मध्यावधी रोक्न कसै गरे सरकार निर्माण गनुपर्ने बाध्यतामा पुराना दल रहदाँ राप्रपालाई नै मुख्य मन्त्री दिएर गठबन्धन अघि बढ्ला भन्ने अवस्था समेत विकसित भएको छैन । जसले निकै रस्साकस्सीको विषय बनेको कोशी सरकार निर्माणको विषय वारपारको आधार या मध्यावधीको एकतर्फ अघि बढ्ने पक्का छ ।