विदेश

युद्धमा होमिंदै शक्तिराष्ट्र, इजरायल र हमासको हमलाले लिंदै अर्को मोड, हतियारको होडबाजी


काठमाडौँ — इजरायल र प्यालेस्टिनी चरमपन्थी समूह हमासबीचको युद्ध पाँचौँ दिन पनि जारी छ । इजरायली सेनाले गाजामाथि हवाई आक्रमण रातभरी जारी राखेको छ भने गाजातर्फबाट रकेट प्रहार गर्ने क्रम पनि यथावत छ । पश्चिमी देशहरूले इजरायललाई साथ दिइरहेका छन् भने मुख्यतया मध्य पूर्व राष्ट्रहरू हमासलाई समर्थन गर्न अगाडि आएका छन् । यतिबेला इजरायल र हमासबीचको भयावह युद्ध कुनै फिल्मि दृश्यमा देखाईने द्धन्द्धको सिन भन्दा कम छैन ।

भलै सिनेमामा देखाइने दृश्य काल्पनिक हुन्छन । तर इजरायल र हमासबीचको द्धन्द्ध एक आपसमा ज्यान लिने र दिने युद्ध हो । यी भयानक र हृदयविधारक युद्धमा सयौँ निर्दोष जनताहरुले अकालमै ज्यान गुमाई सकेका छन् । इजरायल र प्यालेस्टिनी चरमपन्थी समूह हमासबीचको युद्ध पाँचौँ दिन पनि जारी छ । इजरायली सेनाले गाजामाथि हवाई आक्रमण रातभरी जारी राखेको छ भने गाजातर्फबाट रकेट प्रहार गरिने क्रम पनि यथावत् रहेको छ ।

त्यसो त यी दुई देशको युद्धमा पक्ष र विपक्षमा धेरै देशले बहस गर्न थालेका छन् । अमेरिकाले इजरायल र हमासबीचको युद्धमा इजरायलको पक्षमा उभिने उद्घोष गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा एक भावपुर्ण सम्बोधन गर्दै इजरायलको लागि अमेरिका सदैब साथ रहेको बताएका छन् । इजरायलमाथि हमासको आक्रमणलाई दुष्टको संज्ञा दिंदै आक्रमणको घोर निन्दा समेत गरेका छन् । सो आक्रमणमा १४ अमेरिकी नागरिक मारिएको स्मरण गर्दै बाइडेनले इजरायलका लागि थप सैन्य सहयोग दिने बाचा गरेका छन् ।

कतिपय आलोचकले भने अमेरिकी राष्ट्रपतिको सम्बोधनलाई युद्ध निम्याउने मेलोको रुपमा चित्रण गरेका छन् । इजरायलका लागि सैन्य सहायता स्वरुप ३ करोड ८० लाख उपलब्ध गराईसकेको छ । अमेरिकाले यूएसएस जेराल्ड आर फोर्ड नौसेना, एउटा क्रुजर क्षेप्यास्त्र, चारवटा विस्फोटक क्षेप्यास्त्र र जेट विमान पठाइ सकेको छ । यता इजरायल–हमास लडाइँमा अमेरिकाले इजरायललाई साथ दिए खाडीमा रहेका अमेरिकी बेसहरुमाथि हमला गर्ने धम्की सशस्त्र समूहले दिएको छ् ।

यसरी धम्की दिने समूहहरु इराक र यमनका हुन् । जो इराननिकट मानिन्छन् । इजरायललाई सैन्य सामग्री पठाए पछि अमेरिकालाई यी दुई विद्राही समूहले चेतावनी दिएको हो । इरानसँग नजिक रहेको मानिने यो समूहले अमेरिकालक्षित आक्रमण गर्न विशेष लडाकु दस्ता खटाउने बताएको छ । युद्ध जारी रहेका बेला विश्वका शक्तिशाली राष्ट्रहरुले आ–आफ्ना धारणा राखिरहेका छन् ।

पश्चिमी देशहरूले इजरायललाई साथ दिइरहेका छन् भने मुख्यतया मध्य पूर्व राष्ट्रहरू हमासलाई समर्थन गर्न अगाडि आएका छन् । इरान र कतार जस्ता अरब राष्ट्र हमासको साथमा छन् । इरानी राष्ट्रपति इब्राहिम रायसीले आइतबार हमाससँग कुरा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । इरान विगत धेरै वर्षदेखि हमासको उदार समर्थक रहेको छ । इरानले प्यालेस्टिनी लडाकू समूहलाई आर्थिक सहायता र सैन्य आपूर्ति मार्फत सहयोग गरिरहेको छ । हमासको अर्को बलियो समर्थक कतारले जारी तनावलाई लिएर इजरायल नै जिम्मेवार हुनु पर्ने धारणा राखेको छ ।

हमासलाई आर्थिक सहयोग गर्नेहरूमध्ये कतार एक प्रमुख राष्ट्र हो । यस्तै लेबनानी नागरिकहरूले इजरायल विरुद्ध हमासको लडाईमा ऐक्यबद्धता जनाएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि प्यालेस्टिनी राष्ट्रको निर्माण आवश्यकता भएको बताएका छन् । पाकिस्तानले समेत हमासलाई सहयोग गरेको छ ।

यता इजरायलको समर्थनमा बाहिर आएका अधिकांश पश्चिमी राष्ट्रहरूमा अमेरिका, बेलायत, अष्ट्रेलिया, फ्रान्स, नर्वे र अस्ट्रिया लगायतका देशहरू छन् । इजरायल र प्यालेस्टिनी चरमपन्थी समूह हमासबीचको युद्धमा अहिलेसम्म दुबै तर्फ गरि कम्तिमा २२ सय मारिएको अनुमान गरिएको छ।