Breaking

युद्धमा देखिएको मुटु काँप्ने दृश्य, विश्वको ध्यानाकर्षण भएका यी घटना, हेरौं कहाँ के भयो ?


काठमाडौँ — इजरायल र हमासबीच गत शनिबार जमिन र आकाशबाट हमासले अचानक इजरायलमाथि भिषण आक्रमण गरेपछि युद्ध भयावह हुँदै गएको छ । अचानक इजरायलमाथि हमासले आक्रमण गर्न थालेपछि भयानक १० दृष्यहरु विभिन्न सञ्चारमाध्यमबाट सार्वजानिक भएको छ । यतिबेला इजरायल र हमासबीच रुस युक्रेनको शैलीमा युद्ध चलिरहेको छ ।

साम्मे नभएर यहि गति कायम रहे हजारौंले ज्यान गुमाउने निश्चित छ । गत शनिवार नेपाली समय अनुसार बिहानको समयमा इजरायलमाथि हमास समुले अचानक आक्रमण गर्न थालेपछि गएको चार दिनमा १६ सय भन्दा बढिले ज्यान गुमाएकाछन् । विद्रोही हमास र इजरायलबीचको युद्धमा देखिएका यी भयानक १० दृश्य ।
दृश्य नम्बर १
शनिबार नेपाली समय अनुसार बिहान ८ बजेदेखि तीन शहरहरु राजधानी तेल अभिभसहित ३ ठाउँमा प्यालेस्टाइनी विद्रोही समुह हमासले जमिन र आकाशबाट एकै पटक ५ हजार रकेट आक्रमण ग¥यो । यो आक्रमणलाई हमासले अप्रेशन अल–अक्सा फ्लड नाम दिएको छ ।

दृश्य नम्बर – २

पत्रकारीतको जोखिम इजराय र प्यालेष्टाईनबीचको युद्धमा महसुस गनृ सकिन्छ । कसैको दबाब धम्की डर त्रास र युद्धलाई दर्शक स्रोतालाई र्छलङग देखाउनु निकै ठूलो चुनौती हो । यस्तै नियती केही पत्रकारले भोगेकाछन् । अलजजिराका पत्रकारले बालबाल बाँचेरे मृत्यु जितेको यसरी आभाष गरे

दृश्य नम्बर -३

युद्ध भनेको परस्पर बिरोधी दुई दलका बिचमा एकले अर्कालाई दमन गर्ने, हराउनेमा आदि उद्देश्यले गरिने आक्रमणलाई बुझिन्छ । यसले चरम हिंसा, आक्रमण , विनाश र मृत्यु वर्णन गर्छ । एकले अर्कामाथी विजयी हाँसिल गर्नुनै युद्धको नियम रहेको पाईन्छ । यस्तै भयानक एउटा दृष्य इजरायलमा हमास समुहले देखाएको छ । हमास समुहले इजरायलका युद्ध ट्याङक जलाएर ध्वस्त बनाए पछि आफ्नो भगवानलाई पुकारदै साथीसाथीबिच विजयीको जुलुस लगाएको एउट दृष्य सार्वजानिक भएको छ । यता खुशियाली मनाउदै गर्दा अमेरिकामा भने यस्को विरोध गरेका छन् । यस्ले पनि विश्व दुई ध्रुवमा गएको संकेत देखिन्छ ।

दृश्य नम्बर – ४
हमास र इजरायलको बिनासकारी युद्धमा हमास समुहले इजरायलका जनता र सुरक्षाकर्मीलाई हात बाँदेर आफ्नो नियत्रणमालिई हत्या र हिँसा गरेको आततायी दृश्यहरु पनि भयानक दृश्यमा समेटिएको छ ।

दृश्य नम्बर – ५
हमास र इजरायलका नागरिको घर परिवार, सडक केही समयमै ध्वस्त भए । जबकी सयौँ मानिस घर विहिन भए हजार भन्दा माथीले ज्यान गुमाए ।

दृश्य नम्बर – ६

द्वन्द्वदको चपेटामा १० नेपालीले ज्यान गुमाई रहेको बेला केही नेपालीहरुको भिडियो पनि चर्चामा छन् भने केहीले बँकरबाट उदार गरिदिन मागि गरिरहेको भिडियोहरु सार्वजानिक हुँदै गर्दा एक नेपालीले भने अप्रेशनपछि घरमा पठाएको सन्देश कारुणिक छ ।

दृश्य नम्बर-७

युद्धकाबीच इजरायली रक्षामन्त्री योआव ग्यालेन्टले हमास नियन्त्रित गाजा पट्टीलाई पूर्ण रूपमा नियन्त्रणमा लिन निर्देशन दिएका छन् । यो सम्वोधनलाई दुई बीचको वारपारका रुपमा लिईएको छ ।

दृश्य नम्बर-८
संगीत प्रेमीहरु ‘सुपरनोभा म्युजिक फेस्टिभल’ को प्रतीक्षामा थिए । दक्षिणी इजरायलको एक मरुभूमिमा शनिबार यसको आयोजना गरिएको थियो । हमासले जब इजरायलमा हमला गरे, उनीहरुको सुरुवाती निशानामा यही संगीत फेस्टिभलमा सहभागि परे । जसमा हमासको आक्रमणमा एकै ठाउँमा २ सय ६० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

दृश्य नम्बर-९
हमास समुहले बालबालिकालाई समेत बन्दुकको नालको निशानामा पारेका छन् । यो वर्वरता पूर्ण दृश्यले पनि धेरैको ध्यान खिचेको छ ।

दृश्य नम्बर-१०
यी दुई देशको युद्ध ५० वर्ष यताकै ठुलो हमला मानिएको छ । रुस युक्रेन हमास इजरायलको युद्ध जारीनै छ । यी दुई देशबीच युद्ध भईरहदा विश्व दुई ध्रुवमा बिवाजित हुँदै छ । अझै कस्ता दृष्यहरु देख्नु पर्ने हो अनुमान गर्न कठिन छ ।