Breaking

प्रचण्डमाथि चौतर्फी दवाव, सास भएकाहरु आशमा बंकर खोज्दै, ईजरायली सेनानै भरोसा


काठमाडौँ — देशभित्रै पनि सरकारको उपस्थितीलाई लिएर प्रश्न उठिरहेका वेला ईजरायलमा नेपालीको मृत्युले दवाव सिर्जना गरेको छ । जहाँ अन्य देशले ईजरायलमा रहेका आफ्ना नागरिकको सुरक्षाको ग्यारेन्टि गरिसक्दा नेपाली विद्यार्थी भने अभिभावक विहिन बनिरहेका छन । फलत ः यो विषयले सदन नै तात्दा काम गर्न नसकेको आक्षेप खेपेको सरकारमाथि अर्को चुनौती थपिएको हो । नयाँ नेपालको सपना देखाएर जनयुद्ध थालेका पुष्पकमल दाहाल प्रचण्डले देशको वागडोर सम्हाल्दा उनीमाथि चौतर्फी प्रश्नहरु छन ।

स्वयम उनैको जनयुद्धले दिएको भन्दा वढि त्रासदीको अवस्थामा ईजरायलमा नेपाली विद्यार्थी हुदाँ पनि ठोस कदम चाल्न नसकेपछि यी प्रश्नहरुलाई वल पुगेको हो । अर्थात आक्रमणको ४८ घण्टा कतिसक्दा वल्ल ईजरायलमा रहेका नेपालीवारे निर्णय लिन आवश्यक ठान्ने अवस्थाका परराष्ट्रमन्त्री पुग्दा दुतावासले समेत मृतक गन्नेभन्दा माथि उठ्न सकेको छैन । तर सवै राजनीतिक दल र नेताहरुले विज्ञप्ती निकाल्दै चासो देखाएको परम्परालाई कायम राखेका छन भने जहाँ राजनीतिक दलहरु नै नेपालीको उद्धार भन्दा प्यालेन्टाईन ठिक कि ईजरायल भन्ने तथा द्धन्दग्रस्त देशमा किन जानुपर्यो भन्ने वहसमा तर्फ अघि बढेका हुन ।

त्यस्तै सरकारमै रहेको कांग्रेसले लाजै नमानी नेपालीको तत्काल उद्धार गर्न सरकारसंग माग गरेको दृश्यले समेत उनीहरुको उदेश्य प्रष्ट भईसकेको छ । यद्यपी यसैपनि देशभित्र नागरिक बस्न सक्ने वातावरण बनाउन नसकेको,युवा वेचेर देश चलाउने बाटोमा दलहरु लागेको तथा प्रचण्ड सरकार सवैभन्दा वढि लाचार भएको आक्षेपकाविच सरकारलाई तत्काल कदम चाल्न दवाव भने बढेको छ ।

देशभित्रैपनि साम्प्रदायिक द्धन्द्ध सेना लगाएर नियन्त्रणमा लिनुपर्ने अवस्थामा सरकार छ । सरकारी संयन्त्रलाई अविश्वास गर्नेको संख्या बढ्दा न्याय पाउन सडकमै आउनुपर्ने छाप आम नागरिकमा परेको छ । पहुँचका भरमा गुण्डाहरु नै छुट्ने तथा खोलिएका काण्डहरुको फायल समेत सहमतिमा मिल्ने विषयले व्यवस्थामाथि नै प्रश्न उठाँउदा निशारा बढ्दै गएको छ ।

फलत ः समाजमा अराजकता व्याप्त बन्दा यसको जिम्मेवार वर्तमान सरकार नै भएको विपक्षी दलको आक्षेपका विच सहयात्री दलहरुबाटै नेतृत्व परिवर्तनको प्रश्न उठ्ना थालिसकेको छ । जसले यसैपनि सरकामाथि दवाव बढ्दो छ भने यस्ता घटनाहरुले त्यसमा आगोमा घिउको काम गरिरहेको छ ।

हुन त प्रदेशमा देखिएको अवस्था र देशभर देखिएको अवस्थाले गठबन्धन नै परिवर्तनका चर्चा समेत अहिले चलिरहेको छ । यहि नेतृत्व कायम रहे निराशा वढ्दो क्रममा रहने र त्यो घातक हुनसक्ने बुझाईमा रहेका कांग्रेस महामन्त्री गगन थापाले आफ्ना मन्त्री फिर्ता वोलाउनुपर्नेसम्मको प्रस्ताव नै गरेका छन ।

त्यसो भए अहिलेको अपजस खेप्न नपर्ने उनको तर्कका विच नेतृत्वमा अनुहार फेरिए जनतामा केहि आशा जाग्ने बताउनेहरु पनि छन । यसको अर्थ विकसित घटना क्रम प्रचण्डलाई घेराबन्दीको आधार बन्दा उनीमाथि दवाव समेत बढिरहेको छ । जुन चुनौती पुरा गर्न सक्ने अवस्थामा सरकार देखिएको समेत छैन ।

भुकम्पले संविधान दिएको देशमा नाकावन्दीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नै बनायो । जहाँ नेताहरुमा देखिएको अविश्वासले रवि लामिछानेहरुको भाग्य बन्दा गर या मरको अवस्थामा प्रचण्ड देशको नेतृत्व गरिरहेका छन । सुरुवात ताकाबाटै चुनौतीका चाङमा रहेका उनले यस्ता घटनामा सरकार भएको आभास गराउन सके आफू वलियो बन्ने अवसर समेत पाउन सक्थे । तर फाईलमै हिरो भएर जिरोसम्मको यात्रा गर्दा धरातलीय जोखिममा रहेका उनीमाथि परिक्षाको आधार बन्न सक्ने घटनाहरु अवसर भन्दा चुनौती नै बन्दै गएका हुन ।