Breaking

विश्वयुद्धको डरः इजरायलको पक्षमा अमेरिका, हतियार दिने, हमासलाई बोक्यो पाकिस्तान र इरानले, अब के हुन्छ ?


काठमाडौँ — इजरायल र हमासबीच शनिबारदेखि जारी युद्धमा दुवैतर्फ करिब एक हजारभन्दा बढीको मृत्यु भएकोे छ । गत शनिबार जमिन र आकाशबाट हमासले अचानक इजरायलमाथि भिषण आक्रमण गरेपछि यी दुई देशको युद्धलाई लिएर अहिले विश्व दुई धु्रर्वमा चिरिने सक्ने संकेत देखा परेको छ ।

यतिबेला विश्व युद्धको दलदलमा फस्ने संकेत देखिएको छ । रुस युक्रेन युद्ध अझै जारी नै छ । पछिल्लो समयको इजरायल र हमासको युद्ध त झनै भयावह हुने संकेत देखिएको छ । नेपाली समयअनुसार शनिबार बिहान मध्यपूर्वको मुलुक प्यालेस्टाइनको गाजा क्षेत्रबाट इजरायलमा अचानक आक्रमण भयो । गाजा स्ट्रिपबाट इजरायलमा सयौँ रकेट प्रहार गरिए ।

शनिबारदेखिको जारी युद्धमा दुवैतर्फका सुरक्षाकर्मी साथै सर्वसाधारण गरि हजारौँले ज्यान गुमाई सकेका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यस हमलाबापत हमासले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै इजरायल पनि युद्धमा गएको बताएका छन् । इजरायली डिफेन्स फोर्स (आईडीएफ)ले प्यालेस्टाइनको गाजा क्षेत्रमा जवाफी हमला गरिरहेको छ । दक्षिणी इजरायलका धेरै ठाउँमा इजरायली सुरक्षा बल र प्यालेस्टिनी लडाकुहरूबीच अहिले गोली हानाहान भइरहेको छ ।

हमासका सैन्य कमाण्डर मोहम्मद डैफले हमास मिडियामा सम्बोधन गर्दै इजरायलमाथिको आक्रमण सुरू भएको बताएका छन् । उनले जुनसुकै ठाउँमा रहेका प्यालेस्टाइनीहरूलाई लडाइँमा भाग लिन आह्वान गरेका छन् । यो संसारमा भएको अन्तिम अतिक्रमणलाई समाप्त गर्ने विशाल लडाइँको दिन हो उनले भनेका छन् । इजरायलमाथि ५ हजार रकेट प्रहार गरिएको उनको दाबी छ । हमास र इजरायलबीच सन् २०२१ मा पछिल्लो लडाइँ भएको थियो ।

उक्त लडाइँ १० दिनसम्म चलेको थियो । गत शनिबार जमिन र आकाशबाट हमासले अचानक इजरायलमाथि भिषण आक्रमण गरेपछि यी दुई देशको युद्धलाई लिएर विश्व दुई धु्रर्वमा चिरिने आंकलन गरिएको छ । यता अमेरिकाले खुलेरै इजरायललाई सहयोग गरेको छ् । अमेरिकि राष्ट्रपति वो बाईडेनले पूर्वी भूमध्यसागरमा इजरायल नजिक विमानवाहक युद्धपोत, पानी जहाज र लडाकु विमान लगिरहेको बताएका छन् । हमासले गरेको आक्रमणपछि जारी द्वन्द्वका बीच अमेरिकाले इजरायललाई थप हतियार र गोलाबारुद समेत दिने बताएका छन् । बाइडेनले यो आक्रमण अभूतपूर्व र डरलाग्दो भएको समेत दाबी गरेकाछन् ।

यता इरान र पाकिस्तानले भने खुलेरै हमास समुहलाई सहयोग गरेका छन् । इरानका राष्ट्रपति इब्राहिम राइसीले हमासको आक्रमणलाई समर्थन गर्दै इजरायलले यस क्षेत्रलाई खतरामा पारेको जिम्मेवारी लिनुपर्ने बताएका छन् । पाकिस्तानले पनि गाजा पट्टीमा इजरायलद्वारा गराइएको घातक हवाई आक्रमणको कडा निन्दा गरेको छ । पकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले ट्विट गर्दै सो घटना बारे कडा टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्रीले यदि दण्डहीनता र बर्बरताको अनुहार हुने हो भने त्यसको प्रतिबिम्ब इजरायल नै हुने बताएका छन् । यता इजरायलसँग शत्रुता रहेको हमास प्यालेस्टिनको इस्लामिक चरमपन्थी संगठन हो । सन् १९८७ को जनआन्दोलनका क्रममा शेख अहमद यासिनले यस संस्थाको स्थापना गरेका थिए ।

त्यसयता हमासको एउटै लक्ष्य प्यालेस्टिन क्षेत्रबाट इजरायललाई हटाउनु रहेको छ । गाजा पट्टीबाट सञ्चालित हमासले इजरायललाई देशको रूपमा मान्यता दिँदैन र यो सम्पूर्ण क्षेत्रमा इस्लामिक राज्य स्थापना गर्न चाहन्छ । गाजा पट्टीमा सत्तामा रहेको हमासलाई इजरायल, संयुक्त राज्य अमेरिका र युरोपेली संघलगायत धेरै देशहरूले आतंकवादी संगठन मानेका छन् ।