Breaking

काँग्रेसको हालतः देउवा प्रचण्ड बोक्ने, गगन–शेखर ठोक्ने, कोही जेल पस्दा खुशी, कोही छट्दा दुखी


काठमाडौँ– बढ्दो अराजकताकाविच सरकारको उपस्थिती कमजोर बन्दा विकल्प बारे चर्चा सुरु भएको छ । त्यसका लागि कांग्रेसकै महामन्त्री देखि ठुलो हिस्सा लाग्दा एमालेको प्रतिक्षा समेत यहि हो । तर चुपचाप बसेका देउवालाई हल्लाउन सक्ने आँट नहुदाँ सवै प्रयास विफल हुदै आएको दृश्यले के कांग्रेस देउवाको मात्र हो त भन्ने प्रश्न पेचिलो बन्न थालेको छ । आफ्नै नेताको जेल यात्रामा गएपनि कांग्रेस सभापति शेरबहादुर देउवा पक्षकै एक हिस्सा सरकारसंग चिढिदा ईतर पक्ष समेत सुनिल शर्मा पक्राउ देखि आक्रमक बनेको छ । जसले माओवादी साईज भन्दा माथि गएको बुझाईमा कांग्रेसको ठुलो हिस्सा पुग्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सत्ता हल्लीन थालेको विश्लेषण समेत छ । जहाँ देशमा व्याप्त अराजकता,जनतामा बढ्दो निराशा र प्रदेशहरुमै देखिएको दृश्यले समेत प्रचण्ड विरुद्ध उनीहरुलाई मसला मिलेको छ ।

त्यस्तै खोलिएका फाईलहरुमा लागेको ब्रेक र आफैले चर्चा गरेको शुसासनमाथि प्रश्न उठ्ने अवस्था सरकारले निर्माण गर्दा नेतृत्व परिवर्तनको स्वर अझ वलियो बनेको हो । यता प्रतिपक्षीमा रहेको नेकपा एमाले त सधै यसैको प्रतिक्षामा रहदाँ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्ना मन्त्री फिर्ता वोलाउनुपर्ने प्रस्ताव नै गरिसकेका छन । त्यस्तै कांग्रेस नेता डा. शेखर कोइरालाले वर्तमान सरकार सच्चिन नसके प्रधानमन्त्रीले पद छाड्नुपर्ने बताएका छन् । कांग्रेसले मात्रै मुलुकमा देखिएका अराजकताहरूलाई समाप्त गर्न सक्ने दाबी गरेका उनले देशको प्रधानमन्त्री भएकै व्यक्तिले जातीय राज्यका लागि दुई लाख मान्छे सडकमा उतार्छु भन्नु उचित नरहेको बताए । फलत ः प्रचण्डसंग सच्चिने कि नेतृत्व छाड्ने भन्ने विकल्प मात्र रहेको उनले तर्क गरेका छन् ।

अझ गज्जब त के छ भने अहिलेपनि सवैभन्दा वढि मन्त्री कांग्रेसकै छन । जहाँ पार्टी भित्रै पनि रुपान्तरण भन्दै कोईराला पक्षका नेताले आक्रमण गरिरहेका सभापति शेरबहादुर देउवाकै मौनताले सरकार टिकिरहेको छ । त्यसमा पनि फायलहरुमा श्रीमतीसम्मको नाम जोडिने डरले देउवा यो अवस्थामा रहेको चर्चा भईरहेको छ । तर उनकै गुटमा समेत भिडन्त देखिएको अवस्थामा समेत कोईराला पक्षले निर्णायक कदम चाल्न सकेको छैन । कसैको हठले कांग्रेसमा पुग्ने क्षतीको असर सवैलाई पर्ने भन्दै विधानत पार्टी चलाउनुपर्ने कोईराला पक्षको दावी भएपनि सत्ता फेरवदलको विषयमा समेत कमजोर देखिएको यो पक्ष पार्टीभित्र समेत कमजोर देखिएको हो ।

जसले देउवाले जे चाहे त्यो नै काग्रेसको वोली भएको पक्का भएपनि गुट कै नेतृत्व गर्ने नेता र महामन्त्री लगायतका नेताहरुमा देखिएको वोलीको भिन्नताले भने आधिकारिक केलाई मान्ने भन्ने प्रश्न उठेको छ । व्यक्ति नै पिच्छेका गुट र वार्गेनिङ नमिल्दासम्म माग वलियो बनाउने अवस्थाले समेत कांग्रेस सुदृढ हुने भन्दा विश्वास नै कसलाई गर्ने भन्ने अवस्थामा पुगेको राजनीतिक विश्लेषकहरु बताउछन । जहाँ देउवा पक्षीय नेताहरुले त सरकारको नेतृत्व परिवर्तनको विषयलाई कसैको निजी विचार भन्दै आएका छन भने पार्टीभित्र देखिएको पुस्तान्तरण र रुपान्तरणको विषय पनि घेराबन्दी भन्दा माथि नभएको भन्न थालेकाछन् ।

जवकि पार्टीभित्रै पनि वारपारको भिडन्त गर्न सक्ने अवस्थामा कोईराला पक्ष छ । उसले आफू पक्षीय मन्त्री फिर्ता वोलाएर सरकारका गलत कामलाई साथ दिन नसकिने संकेत दिन सक्छ । तर गुटको राजनीति गर्ने र घर झगडाले वाहिरी वातावरण समेत प्रभावित पार्न सक्ने अवस्थामा कांग्रेसको आन्तरिक राजनीति अन्त्य गर्न कुनै पक्ष लागेको छैन । जसलाई वाहिर चर्को स्वर गर्ने तर पार्टीका प्लाटफर्महरुमा मुसो देखिने कोईराला पक्षको ह्याउ देउवाले थाहा पाएकै कारण ज जसले जे जे वोलेपनि उनले वास्ता गर्न छाडेको तर्क गर्नेहरु पनि छन । यहि कारण देउवा नै कांग्रेस भएको बुझेकैले प्रचण्ड ढुक्क भएको भाष्यलाई समेत वल पुगेको छ ।