Breaking

इजरायलमा गोला बारुदको बर्षा, नेपालीको चित्कार, सदनमा जंगिए सांसद, कहिले हुन्छ उद्दार ?


काठमाडौँ– इजरायलमा हमास विद्रोही समूहको आक्रमण जारी छ । हमासले गरेको घातक हमलापछि इजरायमा ठुलो जनधनको क्षतिभएको छ । सो आक्रमणमा केही नेपाली पनि हताहति भएका आशंका छ । इजरायलको आकाश यतिबेला गोला बारुदले ढाकेको छ । नागरिकहरु ज्यान जोगाउन बंकरमा पसेका छन् । तर प्यालेस्टानी विद्रोही समुह हमासको घातक हमलाका बीच सयौंले ज्यान गुमाएका छन् । इजरायल र प्लालेस्टानीबीचको द्धन्दमा नेपाली पनि परेका छन् । शनिवार बिहानदेखि एकाएक सुरु भएको आक्रमणमा ठुलो जनधनको क्षतिभएको छ । दुई देशबिचको आक्रमणमा त्यहाँ रहेका केही नेपालीहरु घाईते र हताहती भएको आशंका गरिएको छ । आईतबार बसेको संसद बैठकको सुन्य र बिषेश समयमा सांसदहरुले इजरायल रहेका नेपाली विद्यार्थीको उद्धारमा सरकारले तत्काल चासो नदेखाएको भन्दै झकझक्याएका छन् ।

प्रमुख प्रतिपक्षदल नेकपा (एमाले)ले इजरायलमा हमासको आक्रमणमा परेका नेपालीहरुलाई उद्धार गर्ने काममा एक मिनेट पनि ढिलाइ नगर्न सरकारसँग आग्रह गरेको छ ।एमालेका प्रमुख सचेतक पदम गिरीले इजराईल घटनाको आक्रमणमा परी बन्दी जीवन बिताइरहेका नेपालीहरुको तत्काल उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समकक्षी बेन्जामिन नेतान्याहूसँग तत्काल संवादगर्नुपर्ने बताए । राप्रपा सांसद धवलशम्शेर जवराले इजरायल घटनामा घाईते भएका नेपालीको तत्कालउद्धार गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । साथै उनले इजराइलमा जस्तै नेपालमा धर्मको बिषयले दुई समुदाय बिच द्धन्द्ध निम्त्याएको हुदाँ सरकारले उचित कदम चाल आग्रह गरे । देशमा धार्मिक द्वन्द्वह हुनसक्ने खतरालाई संकेत गर्दै संवेदनशील जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयले चाहेमा केही दिनलाई सामाजिक सञ्जाल निषेध गर्न सक्ने व्यवस्थागर्नु पर्ने माग गरे ।

इजरायलमा भएको घटनालाई लिएर परराष्ट्र मन्त्री नारायणप्रसाद साउदको संयोजकत्वमा समन्वय संयन्त्र स्थापनागरिएको छ । सांसदहरुले राखेका प्रश्नको जवाफदिदै मन्त्री साउदले इजरायलघटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याङ्कन गरी नेपालीहरूको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्तकार्य समेत गर्नको लागि समन्वय संयन्त्र स्थापना गरिएको बताए । इजरायलमा भएको दुखद घटनालाई नेपाल सरकारले गम्भीरताका साथ लिएको साउदको भनाइ छ ।इजरायलमा हाल ४ हजार पााच सय नेपाली केयरगिभरको रुपमा कार्यरत छन् । त्यस्तै २६५ जना नेपाली विद्यार्थीहरु इजरायल सरकारको लर्न एण्ड अर्न’ कार्यक्रम अर्न्तगत त्यहा पुगेकाछन् ।

यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदुरपश्चिम विश्वविद्यालयबाट ४९ जना इजरायल पुगेका छन् । सुदुरपश्चिम विश्वविद्यालय बाट गएका ४९ जनामध्ये १७ जना नेपालीहरु दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा अध्ययनरत रहेका र उनीहरु नै आक्रमणमा परेको परराष्ट्रमन्त्री साउदले जानकारी दिए । आईतबार १२ जना नेपाली सम्पर्कमा नरहेको र केही हताहती भएको हुन सक्ने आशंका गरिएको छ । इजरायलको अनलाइन संचारमाध्यम न्युजट्वान्टीफोरटिभीका अनुसार इजरायल तर्फ अहिले सम्म ३०० जना नागरिक मारिएका छन् भने २००० भन्दा बढी घाइते छन् । त्यस्तै विद्रोही समुह हमासको गढ गाजामा पनि इजरायलको जवाफी कारवाहीमा २३० भन्दा बढी मानिस मारिएका छन् भने हजारौ नागरिक घाइते भएका छन् ।