काठमाडौँ– एमालेको दशौं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएदेखि पार्टीमा जिम्मेवारी बिहीन बनेका भीम रावललाई अहिले भनेसुदूरपश्चिम अधिवेशनमै निषेध गरिएको छ । एकातिर सबै प्रदेशमा सर्वसम्मत नेतृत्व चयन गर्ने भनेपनि नयाँनाँ गुटले हैरान ओलीले रावलसँगको तुष अँझै मेटाएका छ्रैनन् । दशौं महाधिवेशनमा आफुलाई अध्यक्षमा चुनौती दिएपछि भीम रावललाई भित्तामा पु¥याएका एमाले अध्यक्ष केपी शर्मा ओलीको मन अझै शान्त भएको छैन । उनले नजानिदो पारामा रावललाई जिम्मेवारी मुक्त गरेर निशस्त्र बनाएकाछन् । चितवनबाट फर्किएपछि रावल पार्टीको कुनै पनि जिम्मेवारीमा छैनन् । यो उनले ओलीसंग अध्यक्षमा पौठाजोरी खोज्दाको परीणाम हो । केही समय पानी बारबार भएर बोलचाल र भेटघाटमै बीट मारेका ओली र रावल बीच पछिलो समय छिटपुट भेट भए पनि रावलले पार्टीमा जिम्मेवारी पाएका छैनन् ।
गत मंसिरको प्रतिनिधिसभा निर्वाचनमा अछाम–१ बाट सर्वसम्मत रूपमा एकल सिफारिसमा परेपनि ओलीले रावलविरुद्ध महाधिवेशनमा आफूविरुद्ध उम्मेदारी दिएको प्रतिसोध साँधे । फलस्वरुप उनले टिकट नै पाएनन् । गत साउन अन्तिम साता ओली र रावलबीच कुराकानी भएपनि एमालेले उनलाई पार्टीको कुनै जिम्मेवारी दिएको छैन । गृहप्रदेश सुदूरपश्चिममा आफ्नो दवदवा कायमै राखेका रावललाई हुँदाहुँदा ओलीले प्रदेशको पहिलो अधिवेशनमा निमन्त्रणा समेत गरेनन् । अधिवेशनमा सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट र नेता कर्ण थापालाई आमन्त्रण गरिएपनि उनलाई बोलाउनुत परकै कुरा पत्तो समेत दिईएन । रावललाई अधिवेशनमा नबोलाएर निषेध गरिएको उनी निकटस्थको आरोपका बीच पार्टी नेतृत्वले भने रावल केन्द्रीय नेता भएकाले प्रदेश अधिवेशनमा बोलाउन आवश्यक नभएको प्रतिक्रिया दिएको छ ।
लम्बिनीमा सर्वसम्मतीमै नेतृत्व चयन गरेको सन्देश दिन खोजेपनि ओलीले समर्थन गरेका उम्मेदवार पराजित हुँदा शंकर पोखरेल र बिष्णु पौडेल गुट प्रष्टै देखिए । गण्डकीमा पीएस सुब्बा गुरुङले ओली र शंकर पाखेरेल पक्षका उम्मेदवार मायानाथ अधिकारीलाई हराए । गुरुङ पक्षका नवराज शर्मा प्यानलसहित विजयी भए । कर्णालीमा पनि महासचिव शंकर पोखरेलको दुई दिने सुर्खेत बसाई उपलब्भिमूलक रहेन । मीनबहादुर शाहीलाई सर्वसम्मत अध्यक्ष बनाउन चाहेपनि केन्द्रको निर्देशन भएपनि स्थायी किमिटी सदस्य यामलाल कँडेल समूहका गुलावजंग शाह निर्वाचित भए । उपत्यका प्रदेशमा पनि महासचिव शंकर पोखरेलले भनेको समेत नमानेर चन्द्र रिजालले उम्मेदवारी कामय राखेपछि। त्यसबाट झस्किएका अध्यक्ष पोखरेलले ओलीमार्फत नै उम्मेदवारी फिर्ता लिन पठाएर सर्वसम्मतीको सन्देश दिन खोजेका छन् । लुम्बिनीको बदला आफै गुट बनाएर बागमतीमा लिएको ओली समूहले गण्डकीमा पीएस सुुब्बा ‘बा’ बनेपछि सुदूरपीश्चममा भीम रावललाई निषेध ग¥यो ।
सकेसम्म सबै प्रदेशमा सर्वसम्मतीमै नेतृत्व चयन गराएर पार्टी एकढिक्का छ भन्ने सन्देश दिन खोजेका ओली नयाँनयाँ गुटले हैरान छन् । नेकपा एमाले गठन हुने वित्तिकै तत्कालिन समयमा अध्यक्ष मनमोहन अधिकारी र महासचिव मदन भण्डारीको प्रष्टै गुट थियो । त्यसपछि माधव नेपाल र ओली गुट चल्योे । माधव र झलनाथ खनालले नयाँ पार्टी खोलेपछि गुटबिहीन बनेको भनिएको एमाले फेरी नयाँ गुटहरुको चेपुवामा परेको छ । शंकर पोखरेल र बिष्णुु पौडेलको गुट एकातिर रहदा भीम उनीहरुबाट पनि असन्तुष्टहरुको अर्को गुट छ । भीम रावल, विद्या भण्डारी लगायतहरुको नाममा समेत अदृश्य रुपमा नयाँनयाँ गुटहरुको जन्म भइरहेको आकंलन गर्न थालिएको छ ।
एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनमा नेतृत्वका लागि तीन जनादाबेदार देखिएका छन् । अहिलेका प्रदेश उपाध्यक्ष कमल तिमिल्सिना, सचिवालय सदस्यहरु कृष्णप्रसाद जैशी र वचनबहादुर सिंहले अध्यक्ष पदमा दाबी गरेका हुन् । अछामका पुराना नेता कमल तिमिल्सिनालाई भीम रावलको पनि साथ छ । तीन वटा प्रदेशमा आफूले भने जस्तो नभएपछि सुदूरपश्चिममा ओलीको सर्मथन पनि भीम रावलकै व्यक्तिलाई हुने देखिएको छ । यद्यपी नेतृत्वले कुल्चेर राख्दा र निर्वाचनमा एकल सिफरिसमा परेर समेत टिकट नपाउँदा समेत पार्टीमा अस्तित्वको लडाईं लडिरहेका रावललाई भने पाखा लगाउने नियत नेतृत्वको देखिन्छ । यो ओलीको तुष रावलसँग अँझै मेटिएको छैन भन्ने प्रष्ट संकेत हो ।
प्रतिक्रिया