Breaking

इजरालको डरलाग्दो दृश्य, बंकरमा छन् नेपाली, सरकारनै भन्छ केही हताहती भए


काठमाडौँ– दशकौ देखि द्धन्दमा रहेको इजरायल र प्यालेस्टाईनबीचको आक्रमणमा, इजरायलमा रहेका केही नेपाली सख्त घाइते भएकाछ । सरकारलेनै १२ जना सम्पर्कमा नरहेकाले हताहती भएको आशंका गरेको छ । यो देशले यतिबेला प्राथना गरिरहेको छ ।

सारा नेपालीले पशुपतिनाथ पुकारेर भनिरहेकाछन् भगवान इजरायलमा रहेका नेपालीलाई केही नहोस । युद्ध साम्य होस,् सबै सकुशल रहेको खबर सुन्न पाईयोस् । तर हुनाहार दैव नटार भने जस्तो यही प्राथना र पुकारकाबीच पनि केही नेपाली हताहती भएको दुखत खबर छ ,दर्शकवृन्द्ध । इजरायल र प्यालेस्टाइनी आतंकवादी समुह हमासबीचको युद्धको भुङग्रोमा नेपाली पनि परेकाछन् ।

शनिवार विहान नेपाली समय अनुसार ६ः३० बजेबाट प्यालेष्टाईनको हमास समुहले इजरायलमाथि आक्रमण गरेको थियो । इजरायललाई निसाना बनाएर हमासले गरेको आक्रमणमा केही नेपाली घाईते भएकाछन् । हमासको आक्रमणबारे जानकारी दिदै परारष्ट्रमन्त्री एनपी साउदले इजरायलको दक्षिणी भेगमा रहेका मध्ये आक्रमणमा परी तीन जना घाइते भएको, दुई जना सकुशल रहेको र बाँकी १२ जना सम्पर्कमा नरहेको जानकारी गराएकाछन् । यस मध्ये केही हताहत भएको आशंका छ ।

शनिवार अबेर सामाजिक सञ्जाल मार्फत सार्वजनिक नेपाली घाईते अवस्थामा छटपटाएको कारुणीक दृश्यले पनि अवस्था सामान्य नरहेको बुझ्न गाह्हो छैन । एक नेपालीले घाईते अवस्थामा सन्देशका रुपमा जारी गरेको ९ सेकेन्डको भिडियोमा म, मरे भने मेरो आमाको औषधी गरिदिनु है भन्ने सम्वादले सारा नेपालीको मन अमिलो बनाएको छ । यद्यपी अहिले पनि युद्ध जारी रहेकाले धेरै कुरा भगवान भरोसानै हो । इजरालको आकाशमा युद्ध मडारीरहेको देखेर धेरै नेपालीले उद्धारको चित्कार गरीरहेकाछन् ।

सुदुरपश्चिम विश्व विद्यालयको नेतृत्व गरेर इजरायल पुगेका विपिन अधिकारी सामाजिक सञ्जाल फेसबुकमा लेख्छन् । राज्यले “के भएको छ?“ भनेर सोध्दा जतिबेलै घाईतेकै स्थिति बताउन विवश छौँ, हामी । तर जो हामी छौँ , त्रासमा लुकेर बसेका, उनीहरु यहि त्रासले नै मर्ने स्थिती पुगीसके । बचाउने काम सबैलाई गरीदिनुस् । हामीले सबैलाई अहिल्यै नेपाल भनेका छैनौं तर सकेको जति सुरक्षित ठाउँमा सबै हुन पाईयोस् । पहल गरीदिनु । मन आत्तिएर भक्कानिन थाल्यो, आँखा सुक्न थाले । बिन्ती छ सरकार सुनिदिनु पर्यो । इजरालबाट द्धन्द्धमा नेपाली फसेपछि सांसदहरुले पनि सकारको ध्यानाकर्षण गराएकाछन् । सत्ताघटक दल माओवादी केन्द्रका सांसद हितराज पाण्डेले सरकारले तत्काल पहलकदी लिनुपर्ने भनेकाछन् ।

’इजरायलमा हाल ४ हजार पाँच सय नेपाली केयर गिभरको रूपमा कार्यरत छन् । अध्ययन गरिरहेका २६५ जना नेपाली विद्यार्थी इजरायल सरकारको ’लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गएका थिए । यसमध्ये कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्व विद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना इजरायल पुगेकाछन् । ’सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ विद्यार्थीमध्ये १७ जना नेपाली दक्षिणी इजरायको किबुज अलुमिन भन्ने स्थानमा अध्ययनरत थिए ।

नेपाली राजदूतावासबाट प्राप्त पछिल्लो जानकारीअनुसार यो स्थान गाजा क्षेत्र नजिक रहेको र त्यहाँ हमास समूहबाट गम्भीर आक्रमण भएकाले ३ जना विद्यार्थी घाईते भएकाछन् । उनिहरुको स्थानीय अस्पतालमा उपचार जारी छ । सरकारले १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको जनाएको छ । हताहती भएको आंशका गरिएका नेपाली सकुशल हुन् । यो आशंका आशंकामै मिमित होस् । सत्य सावित नहोस् । सरकारले तत्काल युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीको उद्धारका लागि पहल गरोस् ।

हमासले हालसम्म ५ हजारभन्दा बढी रकेट र क्षेप्यास्त्रहरू आक्रमण गरेको छ ।उक्त आक्रमणपछि यतिबेला इजरायल र प्यालेस्टाइन तनाग्रस्त छ । इजरायलले पनि प्यालेस्टाइनको गाजा क्षेत्रमा जवाफी कारबाही सुरु गरेको छ, जसलाई हमासको अखडा मानिन्छ ।हमासले लगातार हजारौँ रकेट र क्षेप्यास्त्रहरू हान्दा इजरायलको आकाश रकेट र क्षेप्यास्त्रले भरिएको छ । उक्त आक्रमणमा इजरायलका कैयौँ ठूला भवनहरू ढलेका भिडियोहरू सार्वजनिक भएका छन् ।

हमासको आक्रमण र इजरायलको जवाफी कारबाहीमा परेर ५ सयभन्दा बढीको मृत्यु भएको छ । दुवैतर्फ सयौँ घाइते भएका छन् । हमासको आक्रमणमा परी ३ सय इजरायली नागरिकको ज्यान भएको छ , उता इजरायलको जवाफी कारबाहीमा प्यालेस्टाइनका २५६ जनाको मृत्यु भएको दाबी गरिएको छ । इजरायल र हामासबीच युद्ध चलिरहँदा लेबनानका लडाकुहरूले समेत इजरायलतर्फ आक्रमण थालेका छन् । यसरी अब युद्ध झनै हिंस्रक बन्ने अनुमान गरिएको छ । इजरायलले दाबी गर्ने क्षेत्र माउन्ट डोभमा इरान समर्थित लडाकू समूह हिजबुल्लाहले आक्रमण गरेको हो ।