राजनीति

सरकारले ल्याएको विद्युत विधेयकलाई परिमार्जन गर्नुपर्छः रमेश लेखक

योहो संवाददाता

काठमाडौँ– सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले संसदमा पेश गरेको विद्युत विधेयक–२०८० लाई परिमार्जन गर्नुपर्ने बताउनुभएको छ । आईतवार प्रतिनिधि सभा बैठकमा उहाँले नेपाली जनतालाई गुणस्तरीय, सस्तो र सुलभ विद्युत उपलब्धताको ग्यारेन्टी हुने गरी सरकारले सो विधेयक परिमार्जन गर्नुपर्ने बताउनुभएको हो । उहाँले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने र वैदेशिक लगानी बढाउने काममा पनि सरकारले ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याउनु भयो । प्रमुख सचेतक लेखकले सरकारले विधेयक राम्रो ल्याएको र त्यसलाई गम्भिरतापूर्वक छलफल गरेर अघि बढाउनुपर्ने बताउनु भयो ।