राजनीति

सरकारले ल्याएको विद्युत विधेयकलाई परिमार्जन गर्नुपर्छः रमेश लेखक


काठमाडौँ– सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले संसदमा पेश गरेको विद्युत विधेयक–२०८० लाई परिमार्जन गर्नुपर्ने बताउनुभएको छ । आईतवार प्रतिनिधि सभा बैठकमा उहाँले नेपाली जनतालाई गुणस्तरीय, सस्तो र सुलभ विद्युत उपलब्धताको ग्यारेन्टी हुने गरी सरकारले सो विधेयक परिमार्जन गर्नुपर्ने बताउनुभएको हो । उहाँले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने र वैदेशिक लगानी बढाउने काममा पनि सरकारले ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याउनु भयो । प्रमुख सचेतक लेखकले सरकारले विधेयक राम्रो ल्याएको र त्यसलाई गम्भिरतापूर्वक छलफल गरेर अघि बढाउनुपर्ने बताउनु भयो ।