राजनीति

विद्युत विधेयकमा जलस्रोतको बहुपक्षिय उपयोग हुनेगरी आएको छः सांसद पुन


काठमाडौँ– नेकपा(माओवादी केन्द्र)का सांसद वर्षमान पुनले जलस्रोतलाई बहुपक्षिय र बहुउद्देश्यीय रुपमा उपयोग गर्नेगरी विद्युत विधेयक आएको बताउनुभएको छ । आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पुनले जलस्रोतलाई बहुपक्षिय र बहुउद्देश्य रुपमा उपयोग गर्ने गरी विद्युत विधेयक २०८० आएको बताउनुभएको हो । उहाँले विधेयकमा दिगो ढंगले ऊर्जाको आपुर्ति गर्ने कुरा उल्लेख भएको बताउनु भयो । त्यस्तै, प्राकृतिक स्रोत, साधनको संरक्षण, संवद्र्धन र उपयोग गर्ने कुरा पनि विधेयकमा उल्लेख भएको उहाँको भनाई छ । उहाँले संघीय इकाइहरुको बीचमा विद्युत उत्पादन गर्ने, सञ्चालन गर्ने जिम्मेवारीहरु बाँडफाँट गर्ने कुराहरु उल्लेख भएको पनि उहाँले बताउनु भयो । उहाँले विद्युतको क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गर्न खोजिएको बताउनु भयो ।