Breaking

हमासको आक्रमणमा परेका नेपालीलाई उद्धार गर्ने काममा सरकारले एक मिनेट पनि ढिलाई गर्न हुन्न:पदम गिरी


काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले इजरायलमा हमासको आक्रमणमा परेका नेपालीलाई उद्धार गर्ने काममा एक मिनेट पनि ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गरेको छ । आइतबार सदनमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले सो आक्रमणमा परी बन्दी जीवन बिताइरहेका नेपालीको तत्काल उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले त्यहाँका समकक्षी बेन्जामिन नेतान्याहूसँग तत्काल संवाद गर्नुपर्ने बताए । आक्रमणमा घाइते नेपालीहरुको उपचार गर्ने काममा ढिलाइ नगर्न पनि उनले सरकारलाई सचेत गराए । विदेशमा रहेका नागरिकहरूको पीडालाई तत्काल सम्बोधन गर्ने दायित्व सरकारको भएकाले यो कामलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने गिरीको भनाइ छ ।