Breaking

कांग्रेसका कारण बद्नाम बन्दै माओवादी, पतन हुँदै प्रचण्ड, देउवा र आरजु परे भारी, गगन र शेखर लखेट्दै


काठमाडौँ — बरु वद्नामै हुने तर सत्ताबाट नहट्ने प्रधानमन्त्री प्रचण्डको रणनिति माओवादीलाई भारी पर्न थालेको छ । यसैमा खेल्दै स्वार्थ सिद्ध गरिहेका एमाले र कांग्रेसभने उल्टै माओवादीमाथि आरोप लगाईरहेका छन । जसले धान खाने मुसो चोट पाउने भ्यागुतोको अवस्थामा माओवादी पुग्दा,गर या मरको अवस्थामा नेतृत्वमा पुगेर आफू र पार्टीकै अवस्था सुधार्ने प्रचण्डको रणनिति पनि पतनउन्मुख भएको हो ।

खुमानन्द गौतमको रचना र स्वरुपराज आचार्यको स्वरमा रहेको यो गीत कसैलाई ठ्याकै मिल्छ भने त्यो अहिलेको माओवादी पार्टी नै हो ।संसदको तेश्रो शक्तिभए पनि एमालेको साथमा प्रधानमन्त्री र कांग्रेसको साथले सत्ता चलाईरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यसको यसको प्रधानपात्रकै अवस्थामा देखिएका हुन । पार्टि र आफनै व्यक्तित्वमा आएको गिरावटलाई सम्बोधनका लागि सत्तायात्रालाई आवश्यक ठानेका उनले संसद विघटन सहि भन्ने केपी शर्मा ओली नै वोकेर प्रधानमन्त्री बनेका थिए ।

लगत्तै कांग्रेसलाई राष्ट्रपति दिएर एमालेलाई धोका दिएर आफूमाथिको अस्थिरताको ट्यागलाई अझ चम्किलो बनाएका उनले सत्ता सम्हालेबाटै जनताका काम गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका हुन । त्यसको सुरुवातका रुपमा राहदानीमा देखिएको लाईनलाई समाधान गर्ने निर्णय गरेका उनले शुसासनलाई पहिलो प्राथमिकता दिएका थिए । लगत्तै नक्कली भुटानी शरणार्थी,ललिता निवास जग्गा प्रकरणको फायल खोलेको सरकारले एमाले र कांग्रेसकै हेविवेटलाई जेल पुर्याएको हो ।

जसले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हिरो बन्दा माओवादीको विरोध गर्नु नै भ्रष्टचारीको समर्थक हुने खालको भाष्य आमसर्वसाधरणमा बनेको थियो । तर विस्तारै असन्तुष्ट बनेको कांग्रेस फकाउन शुसानको यात्रामा व्रेक लगाएको माओवादीले ललितानिवासमा सहकर्मी जोगाउन पछि परेन । लगत्तै सुन तस्करीमा माओवादीकै नेता मुछिएपनि ठाँउ पाएको एमालेले पनि आफ्नो वार्गेनिङ पावर बढायो भने माओवादी आफ्ना र सत्ता बचाउन उनीहरुकै ईशारामा चल्ने अवस्थामा पुगेको हो ।

यसैका प्रतिफल सहकर्मी फकाउन रेशम चौधरीलाई आम माफी दिने त कहिले कांग्रेस फकाउन कोशीमा असंवैधानिक काम गरेर सरकार बनाउने प्रयाससम्म माओवादी गरेको छ । कांग्रेसकै ईशारामा पछिल्लो समय गुण्डानाईके रिगल ढकाललाई आममाफी दिएर अर्को वदनामीको टिका माओवादीले लाउदाँ प्रचण्डका मन्त्री यो स्वभाविक भएको प्रष्टिकरण दिन बाध्य बनेका हुन ।

तर यहिविचमा भित्र वार्गेनिङ मिलाएको एमालेले वाहिर चर्को आलोचना गरिरहेको छ । यसलाई प्रतिपक्षीकै धर्मका रुपमा लिएर माओवादीले मन बुझाउने ठाँउ भएपनि आफ्नै सहयात्री कांग्रेसको समेत आलोचना व्यहोर्नुलाई स्वभाविक मान्न सकिने अवस्था छैन । जहाँ कांग्रेसकै कोईरालापक्षलाई चिढ्याउने घटना बनेको सांसद सुनिल शर्मा पक्राउ परेको घटनामा समेत देउवा पक्ष फकाउन नै सरकार अघि सारेको थियो ।

तर यी र यस्ता कदम माओवादीका लागि प्रत्युत्पादक बन्दा लाजै पचाएर आफू सत्तामै रहेको समेत कांग्रेसले नै विर्सिसकेको छ । कानुनमन्त्री आफ्नै नेता हुदाँ तथा मन्त्रीको संख्याले समेत आफ्नै उपस्थिती बलियो बन्दा माओवादीमाथि नै प्रश्न गरिरहेको कांग्रेसले भित्र भने काम गर्न दिईरहेको छैन । जसवारे प्रष्ट वोले सत्ता टिकाउन जे सुकै गर्ने प्रचण्डको रणनितिमा धक्का हुने अवस्थाको फाईदा अरु दलले उठाईरहेका छन ।

अहिले सरकार असफल हुदै गएको आक्षेपको एक कारण स्वयम कांग्रेस नै भएपनि त्यसका मारमा भने माओवादी मात्रै देखिएको छ । जहाँ एमाले पनि नयाँ समिकरण बने साथ चाहिने अवस्थाले कांग्रेसप्रति नरम र माओवादी प्रति गरम देखिने गरिरहेको छ भने माओवादी चुईक्क वोले सत्ताबाट हात धुनुपर्ने अवस्थामा छ ।

यद्यपी यसले केहि आफ्नै नेतालाई जोगाउन पाईने झिनो फाईदामा माओवादी समेत रहदाँ वद्नामीको परिपुर्ती भने त्यो फाईदा गर्ने अवस्था छैन । फलत ः सत्तामा गएर केहि गरेर पार्टी र आफूलाई उकास्ने प्रचण्डको रणनितिले उल्टो बाटो समात्न थालेको भान हुन थालेको हो ।