Breaking

क्यानोइङमा नेपालका गणेश गुरुङ फाइनल चरणमा


काठमाडौँ – १९औं एसियाली खेलकुद अन्तर्गत कानोइङ स्लालोमअन्तर्गत पुरुष कायाकमा नेपालका गणेश गुरुङ फाइनल चरणमा प्रवेश गरेका छन् ।

फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा शनिबार भएको सेमिफाइनल चरणको खेलमा शीर्ष दशमा रहँदै गणेश फाइनलमा प्रवेश गरेको नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जानकारी दिए ।

फाइनल चरणमा दश खेलाडीबीच शनिबार दिउँसो प्रतिस्पर्धा हुनेछ ।

यसअघि हिट चरणबाट गणेशसहित १६ खेलाडी सेमिफाइनल प्रवेश गरेका थिए ।
फाइनल चरणमा शीर्ष तीनमा पर्ने खेलाडीले पदक पाउनेछन् ।