Breaking

आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना बढी


काठमाडौँ – नेपालका पूर्वी तथा मध्य क्षेत्रमा बंगलादेश र आसपास रहेको न्यून चापीय क्षेत्र (मौसम प्रणाली) को प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसका कारण आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। मौसमविद्का अनुसार आंशिक बदली भनेको कतै कतै बादल भए पनि घाम लागेको अवस्था हो भने सामान्य बदली भनेको चाहिँ घाम देख्न अलि मुस्किल परेको अवस्था हो।
महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म र बाँकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ।

यस्तै राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ। यस क्रममा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ।