विदेश

नोबेल पुरस्कार जित्नेहरु खुशी, शान्तितर्फको पुरस्कार जित्ने जेलमै, कसले कति रकम पाउने भए ?


काठमाडौँ — यो वर्ष सन् २०२३ का लागि नोबेल पुरस्कार पाउने सबै विजेताहरुको नाम सार्वजनिक गरिएको छ । इराको जेलमा रहेकी र्निस मोहम्मदलाई यो वर्षको नोबेल शान्ति पुरस्कार दिने घोषणा भएसँगै सबै विधाका नोबेल पुरस्कार विजेताहरुको नाम सार्वजनिक भएको हो । पुरस्कार भने अल्फ्रेड नोबेल स्मृति दिवसको दिन डिसेम्बर १० मा एउटा विशेष समारोह गरेर वितरण गर्ने गरिन्छ ।

विश्वको ध्यान र चार्चामा रहेको पुरस्कार मध्ये सबैभन्दा धेरै रासी भएको र सम्मान पाउने नोबेल पुरस्कार हो । सन् १९०१ बाट सुरु गरिएको यो पुरस्कार भौतिक, रसायन, साहित्य, शान्ति, क्रिया विज्ञान तथा चिकित्सा र अर्थशास्त्र क्षेत्रमा प्रदान गरिने विश्वको सर्वोच्च पुरस्कार हो । यो पुरस्कार प्रदान गर्दै गर्दा हरेक वर्ष कस्ले कुन विधाको नोबेल पुरस्कार पाए वा पाउने भए भन्ने विषय चर्चाको केन्द्रमा हुने गरेको छ । यो वर्ष महिलाविरुद्ध हुने दमनका विरुद्ध गरेको लडाइँ र सबैका लागि मानवाधिकार र स्वतन्त्रताका लागि गरेको पहलका लागि इरानको जेलमा रहेकी नर्गिस मोहम्मदीलाई शान्ति पुरस्कार दिईने भएको छ । इरानको सत्ताले उनलाई १३ पटकसम्म पक्राउ गरिसकेको छ ।

उनी पाँच पटकसम्म दोषी ठहर भएकी छिन् । मोहम्मदीलाई ३१ वर्ष जेल सजाय तोकिएको छ भने १५४ पटक कोर्रा हान्ने आदेश दिइएको छ । यस्तै फिजियोलोजी वा मेडिसिन क्षेत्रका लागि क्याटालिन क्यारिको र ड्र्यू वेइसम्यानलाई चिकित्सा तर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । उनिहरुले कोरोनाभाइरस अर्थात् कोभिड–१९ विरुद्धको प्रभावकारी एमआरएनए खोपको विकासमा मद्दत गरेका थिए । त्यस्तै साहित्यको नोबेल पुरस्कार नर्वेका इयोन फोसालाई प्रदान गर्ने घोषणा भएको छ । नर्वेजियन लेखक तथा नाटककार फोसालाई साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा भएको हो ।

व्यक्त गर्न नसकिने कुरालाई नाटक तथा काव्यका माध्यमबाट नयाँ ढंगले प्रस्तुत गरेकाले फोसालाई नोबेल पुरस्कारका लागि छानिएको पुरस्कार समितिले जनाएको छ । उनी नर्वेका चर्चित नाटककार हुन् । उनका नाटक सबैभन्दा धेरै प्रदर्शन हुने नाटकहरूमा पर्छन् । यस्तै, उपन्यास, लघु कथा, कविता र निबन्धका साथै बालसाहित्यमा पनि उनको ठूलो ख्याति रहेको छ । यस्तै भौतिकशास्त्रको नोबेल पुरस्कार पियरे अगस्टिनी, फेरेन्स क्राउज र एन हुलियरलाई प्रदान गरिने भएको छ । उनीहरुलाई इलेक्ट्रोनको अध्ययनका लागि छनोट गरिएको हो ।

रसायनशास्त्र तर्फको नोबेल पुरस्कार न्यानोटेक्नोलजीमा विशिष्ट योगदान पु¥याएका तीन वैज्ञानिकले पाउने भएका छन् । उनीहरूले क्वान्टम डटको खोजी र संश्लेषण गरेका छन् । नोबेल पुरस्कार समितिले मूङ्गी बावेन्डी, लुई बु्रस र अलेक्सी एकिमोभलाई संयुक्त रूपमा रसायन विधामा यो प्रतिष्ठित पुरस्कारबाट सम्मानित गर्ने घोषणा गरेको छ । अर्थशास्त्र तर्फको नोबेल पुरस्कार अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भका पूर्वअध्यक्ष बेन बर्नान्केसहित तीन जनाले यस वर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार पाउने भएका छन् ।

बैंक तथा वित्तीय संस्था र आर्थिक मन्दीमा गरेको कामलाई मूल्यांकन गर्दै बर्नाकेसहित डौग्लास डायमन्ड र फिलिप डाइबविगलाई पुरस्कार घोषणा गरिएको हो । नोबेल पुरस्कार सन् १९०१ मा सुरु गरिएको यो पुरस्कार भौतिक, रसायन, साहित्य, शान्ति, क्रिया विज्ञान तथा चिकित्सा, र अर्थशास्त्र क्षेत्रमा प्रदान गरिने विश्वको सर्वोच्च पुरस्कार हो । नोवेल पुरस्कार विजेताले ११ मिलियन स्वीडिश क्रोनर पुरस्कार पाउनेछन् जस्मा नेपाली मुद्रा १३ करोड रुपैयाँ हुनेछ ।