Breaking

अनलाइन बेटिङबाट २४ करोड बराबरको कारोबार गरेको आरोपमा एक युवक पक्राउ


काठमाडौँ– अनलाइन बेटिङबाट २४ करोड बराबरको कारोबार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । नेपाल राष्ट्र बैंकको नियमविपरीत कारोबार गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले झापाको दमक नगरपालिका–१२ का ३० वर्षीय पिन्टुकुमार साहलाई पक्राउ गरेको हो ।

उनले २४ करोड १५ लाख १७ हजार १३८ रुपैयाँको बेटिङ कारोबार गरेको प्रहरीले जनाएको छ । वानएक्स बेट, मेल्बेट, रूपी बेट, स्काइ चेन्ज, बालिज बेट, खेल विन, इन्डिओ २४ बेट, केएनजेम ८८ जस्ता वेबसाइटहरूमार्फत साहले बेटिङ गर्न लगाएको प्रहरीले जनाएको छ । उनीमाथि अरूलाई बेटिङ गर्न लगाएको, जुवा, सट्टाबाजीजस्ता अनलाइन खेल खेलाएको आरोप पनि छ । थप अनुसन्धानका लागि साहलाई जिल्ला प्रहरी परिसर टेकुमा पठाएको छ ।