Breaking

विश्व रेकर्ड राखेर फर्किए नेपाली खेलाडी, विमानस्थलमा भव्य स्वागत, के भन्छन् खेलाडी ?


काठमाडौँ — चीनमा आयोजित एसियन गेम्समा सहभागी भएर नेपाली टिम स्वदेश फर्किएको छ । क्वार्टरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली बिहीबार मध्यान्ह स्वदेश फर्किएको हो । चीनमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी नेपाली पुरुष क्रिकेट टोली बिहीबार स्वदेश फर्किएका छन् । चीनमा जारी एसियन गेम्समा सहभागी भएर नेपाली टिम स्वदेश फर्किएको हो ।

एसिया कप क्रिकेट खेलेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बाजागाजासहित स्वागत गरे । खेलाडीको स्वागतका लागि सशस्त्र प्रहरीको ब्याण्ड टोलीसमेत विमानस्थल पुगेको थियो । नेपाली क्रिकेटलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ब्यान्ड बाजा सहित स्वागत गरिएको छ ।

एसियन गेम्समा नेपाल भारतसँग क्वार्टरफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । कडा टक्करका बाबजुत नेपालले भारतको युवा टिमसँग हार ब्यहोरेको थियो । नेपालले समूह चरणमा भने अविश्वसनीय प्रर्दशन गर्यो । पहिलो खेलमा मंगोलियामाथि थुप्रै विश्व कीर्तिमान कायम गर्यो । दोस्रो खेलमा माल्दिभ्सलाई फराकिलो अन्तरले हरायो । मंगोलियाविरुद्ध दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले टी ट्वान्टी क्रिकेटमा विश्व कीर्तिमान बनाए भने नेपाली टिमले समेत कीर्तिमानी जित रचेको थियो ।

स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआए पनि खेल राम्रो भएको बताएका छन् । उनले अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नुपरेको बताए । उनले भने विश्व रेकर्ड बन्दा टिम धेरै नै खुशी भएको छ । आउने दिनमा बलिया देशसँग खेल्न पाए र झनै अभ्यास गर्न पाए खेल्न सहज हुने थियो । टि २० विश्वकप छनोटमा ५ वटै खेल फाइनल सरह रह्यो ।

त्यस्तै क्रिकेटर दीपेन्द्र सिंह ऐरीले रेकर्ड तोड्न पाउँदा धेरै खुशी भएको बताएका छन् । उनले अहिले टिम एकजुट भएर खेलिरहेको बताए । उनले मंगोलियाविरुद्धको खेलमा ९ बलमा अर्धसतक बनाएर दुर्लभ विश्व कीर्तिमान राखेका थिए । उनले भने – कीर्तिमानबारे ६ वटा छक्का भएपछि चाहिँ वर्ल्ड रेकर्ड बन्न सक्छ भन्ने दिमागमा आएको थियो । एसियाड गेम पनि अनुभव बटुल्ने मौका भएकाले आगामी खेलमा झनै राम्रो गर्दै जानेछौँ ।

मंगलबार खेलिएको क्वार्टरफाइनलमा भारतले नेपाललाई २३ रनले हराएको थियो । यो हारसँगै एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यात्रा समाप्त भएको हो । क्वार्टरफाइनलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा चार विकेट गुमाएर दुई सय दुई रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ७९ रनमात्र बनाउन सफल भएको थियो । संरचना विना नै नेपालले विश्व रेकर्ड राख्न सजिलो भने पिक्कै छैन । न त सरकारले खेलाडीलाई देशको गहना मानेको छ न त घोषणा गरेको पुरस्कार नै समयमा पाउँछन् ।

चाउचाउ र पानिको भरमा खेल खेल्नु पर्ने बाध्यतामा खेलाडी छन् । बलेको आगो मात्रै ताप्ने प्रवृत्तिमा रमाईरहेका निकायको उच्च प्राथमिकतामा क्रिकेट परेको जस्तो देखिए पनि केही दिनमा नै यो चटक्कै बिर्सने छ । बिर्सने परम्परा नै रहेको नेपाली नेतृत्वमा फेरि पनि क्रिकेट प्रतिको लगाव आउन अर्काे एउटा सफलता हात पर्नुपर्ने हुन्छ । अहिले क्रिकेटको जस्तै क्रेज कुनै बेला फुटबलको थियो । तर, अहिले फुटबलको अवस्था कहाँ छ, सर्वविदितै छ ।

त्यहि अवस्थामा नेपालको क्रिकेट क्षेत्र पनि नपुग्ला भन्न सकिँदैन । ४५ भन्दा बढी राष्ट्रिय खेलाडीले फुटबलमा भन्दा विदेशमा आफ्नो भविष्य सुनिश्चित देखेर पलायन भएका छन् । खेलाडीको मेहनतबाट प्राप्त उपलब्धिमा पनि आफ्नै हात देख्ने र सफलताको जस लिने सरकार क्रिकेट खेलाडीलाई पनि यस्तै नियती भोग्ने दिने हो भने विगतको परम्परालाई सच्याएर अघि बढ्न जरुरी भईसकेको छ । खादा र बाजाको सम्मानले मात्रै खेलाडिको भविष्य शुनिश्चित देखिँदैन । समयमै सरकार र सरोकारवाला निकायहरुको ध्यान जान जरुरी छ ।