Breaking

हर्क साम्पाङले लखेटे वडाध्यक्ष, नगर पितासँग भिडेपछि झण्डै हात हालाहाल, ज्वाँईलाई जागिर दिएको आरोप


काठमाडौँ — धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ र वडाध्यक्षबीचको विवादले कार्यपालिका बैठक नै बारम्बार प्रभावित बनेका छन् । एजेण्डागत रुपमा मेयर र वडाध्यक्षबीच मतभेद् हुँदा विवाद झन चर्किएको छ । खर्कमा विरुवा रोपेर स्थापित भएका मेयर हर्क यतिबेला रिसले चुरचुर छन् । उनले विरुवा रोपेको पटकै मन नपराएका वडाध्यक्षहरुले टेबल ठोकेरै विरोध गरेपछि बुधबार ठाडो निर्देशनमा कार्यपालिका बैठक स्थगित गरे । धरान उपमहानगरपालिकाको बुधबार बसेको कार्यपालिका वैठकमा एजेण्डाका रुपमा ७ बुँदासमावेश थियो ।

तीमध्ये घण्टाघरको विषयले प्रवेश पाएपछि मेयर हर्क साम्पाङमाथि वडाध्यक्षहरुले घेराबन्दी सुरु गरे । कार्यपालिका बैठकमा टेवल ठोकाठोक गरेको दृश्यले लाग्छ यहाँ जनताका प्रतिनिधि नभएर कुनै असभ्य अराजक तत्व छन् ।संवाद तोडेर पाखुरा सुर्किदै तमासा देखाएका जनप्रतिनिधिहरु एकअर्कालाई खुइल्याउन मरिहत्ते गरेर लागिपरेका थिए । स्वतन्त्र मेयर साम्पाङले आफुलाई हेपेको रुपमा बुझेका वडाध्यक्षहरु उनलाई तह लगाउने भन्दै चर्काचर्कीमा उत्रिए ।

तर आफुभन्दा ठूलो अर्कोलाई नदेख्ने मेयर साम्पाङ पनि किन गल्थेर,नोकझोककै बीचमा बैठक स्थगित गर्दैआफ्नो पावर सो गरे ।
कार्यपालिका बैठकमा वडाध्यक्षहरु एजेण्डा स्थापित गर्ने भन्दा मेयरलाई ¥याख¥याखती पारेर गलाउन उद्यत देखिन्थ्ये । मजदुरको विषय समेटिएको घण्टाघरको एजेण्डा भाँडमा जाओस्तर मेयरले घुँटा टेक्नु पर्ने उनीहरुको लाईन थियो । नभए घण्टाघरको विषयमा छलफल चल्दै गर्दा विषय बरालेर शनिबार मेयरले गाडी चढे बाटो छेक्छौ भन्नेमा पुग्दैन थियो ।

धरानको विकासका लागि घाम पानी नभनी श्रमदान गरेर विरुवा रोपेको विषयमा सहयोग गर्नु पर्ने ठाउँमा वडाध्यक्षहरुले उल्टै मेयरले चढेको गाडी रोक्छौ भनेपछि रिसले आगो भएका साम्पाङले पनि चुनौती दिए । त्यसपछि कार्यपालिका बैठक नभएर ओल्लो पल्लो घरका छिमेकी बाझेजस्तो तल्लो स्तरमा झर्यो ।

हर्कलाई घण्टाघर यतिबेला गलपासो जस्तो भएको छ । उमेरले ७० कटेका २ जना मजदुरलाई उमेरहदका कारण साम्पाङले निकालेपछि चर्कियोको यो विवाद अहिले विरुवासम्म पुगेको छ । मेयर साम्पाङले पाको उमेरका मानिसलाई काममा लगाउन नहुने भन्दै उपदानका रुपमा केही रकम दिएर विदा गर्नु पर्ने भनेकाछन् ।

तर ‘के निहुँ पाउ कनिका मुक्याउ’ भनेजस्तो वडाध्यक्षहरुले यही मौका हो भन्दै मेयरको घाँटी न्याक्न खोजेपछि साम्पाङ भड्किएकाछन् । यद्यपी उनीमाथि घण्टाघरमा काम गर्ने मजदुर निकालेरआफ्ना आफन्त ज्वाई पर्नेलाई जागिर लगाएको आरोप छ ।

कर्मचारी पुनर्वहालीको विषयलाई वडाध्यक्षहरुले मुद्दा बनाएपछि कड्किएका हर्कले पुनर्वाहलीको सम्भावना टरेको भनेपछि नोक झोक सुरु भएको थियो ।उनीहरुले १ वर्ष भएपनि पुनर्वहालीको माग गरेकाछन् । तर एक अर्कालाई तह लगाउन मेयर र वडा अध्यक्षबीच जुँगाको लडाई चल्दा जनताकोएजेण्डा प्रभावित भएको छ । कर्मचारीलाई निकालेपछि राजनीति मुद्दा बनेको यो विषयले अहिले हर्क घेराबन्दीमा परेकाछन् ।

हर्कले आफु थितीमा चल्ने भन्दै कसैले पाखुरा बजारेको भरमा पछि नहटने संकेत गरेका छन् । उनले कानुन बाहिर गएर आफ्नो अनुकलमा चलाउने भए आगामी ०८४ सालको चुनावमा आफुलाई हराएर मेयरको कुर्सीमा बस्न चुनौती दिएकाछन् । अर्थात् उनी आउने ८४ को चुनावमार्फत फेरि दोहोरिने तयारीमा छन् ।

दिनरात माटोमा दिलो ज्यान लिएर वृक्षारोपण र धराने जनतालाई पानी खुवाउन मरीमेटेर लागेका हर्कले गरेका धेरै प्रशंसनिय कामहरु छन् । तर सामाजिक सञ्जालमा हल्का रुपमा दिने अभिव्यक्ति र टिपप्णीले स्वभाविक रुपमा उनको पदिय मर्यादामाथि प्रश्न उठाएको छ । मेयरसाम्पाङले पनि जनताको यो आलोचनात्मक सुझाव र मर्यादालाई ख्याल गर्न जरुरी छ।