विदेश

अमेरिकी सदनमा सकस, सभामुखलाई हटाईयो, ट्रम्वलाई लाग्यो धक्का


काठमाडौँ — अमेरिकी प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीलाई पदबाट हटाईएको छ । संसदमा भएको मतदानपछि रिपब्लीकन सभामुख म्याकार्थीलाई पदबाट हटाइएको हो । मंगलबार अबेर भएको मतदानमा सभाुमख म्याकार्थीलाई हटाउने पक्षमा २ सय १६ मत प¥यो भने उनलाई नहटाउने पक्षमा २ सय १० सांसद मात्रै देखिए । संयुक्त राज्य अमेरिकाको तल्लो सदन अमेरिकी प्रतिनिधि सभाका सभामुख रिपब्लिकन पार्टीका केभिन मेकार्थीलाई पदबाट हटाईएको छ । संसदमा भएको मतदानपछि रिपब्लीकन सभामुख म्याकार्थीलाई पदबाट जबरजस्ती हटाइएको हो ।

मंगलबार अबेर भएको मतदानमा सभाुमख म्याकार्थीलाई हटाउने पक्षमा २ सय १६ मत प¥यो भने उनलाई नहटाउने पक्षमा २ सय १० मत मात्रै प¥यो । सभामुख म्याक्कार्थीले आफूविरुद्धको प्रस्ताव व्यक्तिगत इर्ष्याले लक्षित भएको भन्दै रिपब्लीकन सांसद म्याट गेट्जले राजनीतिक ध्यान खिच्न आफूमाथि प्रहार गरेको प्रतिक्रिया दिएका छन् । फ्लोरिडाका रिपब्लिकन सांसद गेट्जले म्याकार्थी र उनको पार्टीको दक्षिणपन्थी बीचको झगडापछि उनलाई निष्कासन गर्न सोमबार संसदमा औपचारिक प्रस्ताव दायर गरेका थिए । म्याक्कार्थी अमेरिकी इतिहासमा यसरी हटाइएका पहिलो सभामुख हुन् ।

मंगलबार मतदानमा उपस्थित सबै २ सय ८ डेमोक्र्याट तथा ८ रिपब्लिकन सांसदले म्याकार्थीलाई हटाउन मतदान गरे । म्याक्कार्थीले अब हुने निर्वाचनमा आफू सभाुमखको दौडमा नरहेको बताएका छन् । योसँगै अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको सभामुख पद करिब एक साता खाली रहनेछ । रिपब्लिकन पार्टीका नेताहरूले अक्टोबर १० मा नयाँ सभामुखका लागि छलफल गर्ने बताएका छन् । यसपछि अक्टोबर ११ मा मतदान हुनेछ । नर्थ क्यारोलिनाका प्याट्रिक म्याकहेनरी नयाँ सभामुख चयन नभएसम्म अन्तरिम सभामुख निर्वाचित भएका छन् । उनी म्याकार्थीका नजिक मानिन्छन् । अमेरिकामा शटडाउनबाट बच्न कोष बिल ल्याइएको थियो ।

म्याककार्थीले यसलाई प्रतिनिधि सभाबाट पारित गराउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । जसका कारण ट्रम्पका कट्टर समर्थक म्याट गेट्जलगायत केही रिपब्लिकन सांसद उनीसँग रिसाएका थिए । यस्तो अवस्थामा उनले आफ्नै पार्टीका नेताविरुद्ध प्रस्ताव ल्याउने निर्णय गरेका थिए । म्याकार्थी रिपब्लिकन पार्टीका नेता हुन् । यस्तो अवस्थामा सत्तारुढ दलले उनलाई पदबाट हटाउने राम्रो अवसर देखेर म्याकार्थीको विपक्षमा मतदान गरे । यससँगै म्याकार्थी २६९ दिनसम्म अमेरिकाको हाउस स्पीकर बने । उनले जनवरी ७ मा यो पद ग्रहण गरेका थिए । सभामुख पद रिक्त भएपछि अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा व्यवस्थापिकाको काम ठप्प भएको छ ।

डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको २०२२ मध्यावधि चुनावमा बहुमत प्राप्त गरेको थियो । केभिन म्याकार्थी रिपब्लिकन पार्टीका सदस्य हुन् । उनी ९ पटक अमेरिकी संसदको सदस्य निर्वाचित भइसकेका छन् । २०१४ देखि २०१९ सम्म केभिनले हाउस मेजॉरिटी लीडरको रूपमा काम गरेका थिए । म्याकार्थीले हाउस अफ रिप्रिजेन्टेटिभको सदस्य रहँदा पनि कीर्तिमान बनाएका थिए । केभिन २०१९ मा हाउस अल्पसंख्यक नेताको पद धारण गर्ने क्यालिफोर्नियाबाट पहिलो रिपब्लिकन सांसद समेत हुन् ।