Breaking

मौलाउदै धार्मिक द्वन्द्व, डरैडरमा बाँके, सेनाले झ्यालबाट हेर्न समेत दिएन, राज्यको समाधान कफ्र्युमात्रै ?


काठमाडौँ — हिन्दु र मुस्लिम समुदायबीचको विवादले चार दिनदेखि बढेको नेपालगन्जको साम्प्रदायिक तनाव कम हुँदै गएको छ । आज बसेको सर्वपक्षीय बैठकले पनि कफ्र्यु क्रमशः खुकुलो बनाउँदै पूर्ण रुपमा हटाउन प्रयत्न गर्ने निर्णय गरेको छ । मंगलबारदेखि अशान्त बनेको नेपालगञ्जमा कर्फ्यु लगाएरै सामाजिक सद्भाव कायम गर्ने प्रयत्न गरिएको हो ।

नेपालगञ्जमा भड्किएको हिन्दु र मस्लिमको विवादले उग्र रुप लिन नपाउँदै सरकारले कर्फयू नै लगाएर भएपनि समाजिक सद्भाव थप खल्बलिन दिएन । शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी र शशस्त्र प्रहरीले कफ्र्यू कार्यान्वयन गर्ने हैसियत गुमाएपछि सेना परिचालन नै गर्नुप¥यो । अहिले भने नेपालगन्जको अवस्था विस्तारै शान्त बन्दै गएको छ । नेपालगन्जको साम्प्रदायिक सद्भाव भड्किन नदिने नाममा प्रहरी प्रशासनले सर्वसाधरणलाई बाहिर निस्कन नदिएको मात्रै होइन, उनीहरुलाई घरको छतबाट समेत बाहिर हेर्न दिइएन ।

गत भदौ ९ गते धरानमा धार्मिक सद्भाव बिथोलिदा नै सचेत बन्नुपर्ने सरकार देशमा धर्मकै नाममा आगो फैलिरहँदा समेत सचेत बन्न नसकेकोमा चौतर्फी आलोचना भईरहेको छ । देशका विभिन्न ठाउँहरुमा धार्मिक सद्भाव खल्बल्याउने प्रयत्न भईरहँदा सद्भाव खल्ल्याउने पात्रबारे सरकार जानकार हुँदासमेत नियन्त्रणको प्रयास नभएको विश्लेषण भईरहेको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले धार्मीक साम्प्रदायीक हिंसा बढेपछि कोशी प्रदेशको भ्रमण गरेका थिए । यस्तै मधेशमा खल्बिलिएको धार्मिक सद्भावबारे पनि जिल्लाका डीएसपीहरुसँग छलफल गरिसकेका छन् । तर सरकारले पूवर्तसर्तकता नअपनाएकै कारण नेपालगञ्जमा धर्मकै नाममा आगो बलेको विश्लेषण भइरहेको छ । अर्कोतर्फ सांसदहरुले पनि सरकारले नै धार्मिक सद्भाव खल्बलाएको प्रमाण दिनसक्ने बताइरहेका छन् । रोम जलिरहदा क्रुर शाशक निरो; सुख र चैनले आरामसँग बाँसुरी बजाइरहेका थिए भन्ने प्रख्यात भनाईलाई अहिले नेपालको सरकारसँग तुलना गर्न थालिएको छ ।

नेपालगञ्जको धार्मीक सद्भाव खल्बिलिएपछि सरकार र स्थानीय प्रशासनसँगै शिर्षस्थ नेताहरुले समेत सामाजिक सद्भाव कायम राख्न अपील गरेका छन् । तर उनीहरुका कदम अभिव्यक्ति र वक्तब्यभन्दा माथि उठ्न सकेका छैनन् । वा वक्तब्यबाजीले मात्रै धार्मिक सद्भाव कायम रहन नसक्ने अवस्था छ ।

सामाजिक सञ्जालमा लेखेकै भरमा नेपालगञ्जमा सामाजिक सद्भाव बिथोलिएको थियो । फेसबुक प्रयोगकर्ताले माफी मागेको बताइएपनि मुस्लिम समुदायले भने कानूनबमोजिम कारवाही गर्नुपर्ने बताइरहेका छन् । सरकार भने अहिलेसम्म कानून नभएर सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई कारबाही गर्न नसकेको बताएर पन्छिने काम गरिरहेको छ ।

धार्मिक तथा सामाजिक सद्भाव भड्किने प्रकृतिको उत्तेजक अभिव्यक्ति दिएको आरोपमा धर्मगुरू आचार्य श्रीनिवास पक्राउ परिसकेका छन् । आखिर धर्म जागरणको नाममा नै किन विद्धेश फैलाउन खोजिदैछ त ?

प्रसिद्ध दार्शनिक तथा राजनीतिशास्त्री कार्ल माक्र्सले धर्म अफिम हो भनेका थिए । त्यही अफिम अहिले नेपाली समाजमा घोल्न खोजिँदैछ । सदिऔँदेखि मिलेर बसेको नेपाली समाज बिथोलिन नदिन सबै नेपाली सचेत बन्नुुको विकल्प छैन । समस्या परेपछि मात्रै समाधानको बाटो खोज्ने बानि परेको सरकार यस्ता बिषयमा अहिले नै सचेत नबने धार्मिक विद्वेश फैलिएपछि पछुतायउनुुबाहेक विकल्प रहने छैन । ठाउँठाउँबाट आएका सामाजिक विद्धेशका संकेत चिन्न र चिर्न सबैजना सचेत बन्ने समय आएन र ?