विदेश

डोनाल्ड ट्रम्प मुद्दै मुद्दाको घेरामा, ह्वाईट हाउस फर्कने दाउ कसरी होला पुरा ? बाईडन तगारो


काठमाडौँ — अमेरिकि पुर्व राष्ट्रपति डोनाल्ड ट्रम फेरि अर्को झमेलामा फस्ने देखिन्छ । आफ्ना दुई छोराविरुद्ध नागरिक जालसाजीको मुद्दा सुरु हुँदै गर्दा ट्रम्प न्यूयोर्कको एक अदालतमा उपस्थित हुँदैछन् । आगामी राष्ट्रपति निर्वाचनमा विजयी भएर पुनः ह्वाइट हाउस हासिल गर्न अभियान चलाइरहेका ट्रम्पमाथि यो मामिलाले उनको व्यापारिक साम्राज्य खतरामा परेको छ । आगामी राष्ट्रपति निर्वाचनमा विजयी भएर पुनः ह्वाइट हाउस हासिल गर्न अभियान चलाइरहेका ट्रम्पमाथि फेरी धक्का लाग्ने सम्भावना देखिएको छ । आफ्ना दुई छोराविरुद्ध नागरिक जालसाजीको मुद्दा सुरु हुँदै गर्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प न्यूयोर्कको एक अदालतमा उपस्थित हुँदैछन् ।

आगामी राष्ट्रपति निर्वाचनमा विजयी भएर पुन ह्वाइट हाउस हाँसिल गर्न अभियान चलाइरहेका ट्रम्पमाथि यो मामिलाले उनको व्यापारिक साम्राज्य खतरामा परेको छ । मुद्दामा पूर्वराष्ट्रपति ट्रम्प र उनका दुई छोरा एरिक तथा डोनाल्ड जुनियरले ट्रम्प सङ्गठनको घर जग्गा र वित्तीय सम्पत्तिको मूल्य बढाएर जालसाजी गरेको न्यायाधीश आर्थर एनगोरनले पहिला नै फैसला गरिसकेका छन् । न्यूयोर्कका महान्यायाधिवक्ता लेट्टिया जेम्सले २५ करोड अमेरिकी डलर जरिवाना र ट्रम्प तथा उनका छोराहरूलाई ट्रम्प साम्राज्यको व्यवस्थापनबाट हटाउन खोजिरहेको बताइएको छ । ट्रमले आफ्नो सामाजिक संजालमा ट्रम्पले लेखेका छन् – ‘मेरो नाम र प्रतिष्ठाविरुद्ध लड्न म अदालत जाँदैछु ।

यो सम्पूर्ण मामिला नक्कली हो । यो नागरिक मामिलाबाहेक आगामी महिनाहरूमा ट्रम्पले धेरै ठूला आपराधिक मामिलाको पनि सामना गर्नुपर्ने देखिन्छ । जो बाइडेनले जितेको सन् २०२० को राष्टपति निर्वाचनको नतिजालाई उल्ट्याउने प्रयास गरेको आरोपमा उनलाई आगामी मार्च ४ मा वासिङ्टनस्थित सङ्घीय न्यायाधीशसमक्ष उपस्थित गराउने कार्यक्रम छ । त्यसपछि उनी न्यूयोर्क राज्य अदालतमा फिर्ता हुनेछन् । अहिले आपराधिक गुप्त सम्पत्तिको आरोपमा र पछि फ्लोरिडा सङ्घीय अदालतमा हाजिर हुनेछन् ।

उनीमाथि राष्ट्रपति कार्यालय छोडेपछि वर्गीकृत दस्तावेजहरू गलत तरिकाले प्रयोग गरेको आरोप लगाइएको छ । अन्तिममा उनले जर्जिया राज्यमा लागेको आरोपहरूको पनि जवाफ दिनुपर्ने छ । जर्जियामा उनीमाथि अवैध रूपमा सन् २०२० को राष्ट्रपति निर्वाचनको परिणाम आफ्नो पक्षमा परिवर्तन गर्न प्रयास गरेको आरोप लगाइएको छ । रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पलाई यसैगरी संधै मुद्धामामिलामा मात्रै तानिने हो भने अबको चुनावमा राष्ट्रपति निर्वाचनमा निकै ठुलो झट्का लाग्ने सम्भावना देखिन्छ ।