Breaking

अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सरकारको टालटुले जवाफले सुधार हुँदैनः पूर्वअर्थमन्त्री पौडेल


काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सरकारको टालटुले जवाफले सुधार हुने अवस्था नभएको बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको आर्थिक अवस्था चानेचुने अवस्थामा नभएको भन्दै सरकारले टालटुले जवाफले अर्थतन्त्र समालिन नसक्ने बताउनु भयो ।

उहाँले अर्थतन्त्रको समग्र सल्यक्रिया गर्नसक्ने गरी उचित उपचारको प्रवन्ध सरकारले गर्न सक्नुपर्ने बताउनु भयो। पूर्वअर्थमन्त्री पौडेलले समिति बैठकमा मुलुकको अर्थतन्त्रका विषयमा छलफल गर्ने बोलाउँदा अर्थमन्त्री आउनुपर्ने बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्र र समितिमा अर्थमन्त्रालयले प्रश्तुत गरेको आर्थिक अवस्था मेला नखाएको बताउनु भयो । उहाँले देशको अर्थतन्त्र मन्दीको अवस्थामा आएपनि अर्थमन्त्रालयले मन्दिको अवस्थालाई स्वीकार गर्न नसकेको बताउनु भयो । उहाँले अर्थतन्त्र मन्दिमा गएको स्वीकार गर्न नसक्ने मन्त्रालयले अर्थतन्त्रका समस्या समाधान नगर्न सक्ने बताउनु भयो । पौडेलले अर्थतन्त्र मन्दीमा गएको विषयमा सरकारले मौनता साधेको आरोप लगाउनु भयो ।

उहाँले सरकारले अर्थतन्त्रको समस्यालाई बेवास्था गरेर अर्थतन्त्र सुधार गर्न नसक्ने उल्लेख गर्नुभयो । उहाँले अर्थतन्त्रमा देखिएका समस्या,चुनौति र कठिनाईहरु सम्बोधन नगरे अर्थतन्त्रमा उल्लेख्य सुधारहरु हुन नसक्ने बताउनु भयो । उहाँले बजारमा मागमा कमि आएको र धेरै उद्योगहरु ५० प्रतिशत मात्रै उत्पादन गरिरहेको उल्लेख गर्नुभयो । उहाँले मुलुकको राजश्व परिचालनको अवस्था अत्यन्तै चिन्ताजनक अवस्थामा रहेको बताउनु भयो । उहाँले राजश्व सरकारको साधरण खर्च धान्न नसक्ने अवस्था पुगेको दाबी गर्नुभयो । उहाँले राजश्व परिचालन भएन भनेर बजेटमार्फत अर्थमन्त्रीले राजश्वका दरमा गरेको हेरफेर संसदले पास गर्दा समेत केही परिवर्तन गरेपनि परिणाम आउन नसकेको बताउनु भयो ।