समाचार

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)


काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले चालु शैक्षिक सत्रको कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाखको पहिलो सातादेखि सञ्चालन गर्ने भएको छ ।

बोर्डले आज सूचना जारी गर्दै आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो । जसमा १२ को वार्षिक परीक्षा २०८१ को वैशाख पहिलो हप्तादेखि सञ्चालन गर्ने उल्लेख छ ।

परीक्षाको नतिजा प्रकाशित भएको ४५ दिनभित्रमा पूरक परीक्षा गर्ने बोर्डको कार्यतालिका छ । नतिजा भने २०८१ को साउन तेस्रो साताभित्र सार्वजनिक गर्ने बोर्डले जनाएको छ ।

कक्षा ११ को परीक्षा विद्यालयहरूले २०८१ को जेठ पहिलो सातासम्ममा सम्पन्न गर्नुपर्ने छ । कक्षा ११ को रजिस्ट्रेसन फाराम पुस १५ गतेबाट खुला गरेर माघ १५ गतेसम्म भर्ने समयावधि तोकिएको छ ।

कक्षा १२ को परीक्षा फाराम भने पुस १ गतेबाट खुला गरी माघ १५ गतेभित्र भरेर अनलाइनमार्फत बुझाइसक्नुपर्ने बोर्डको कार्यतालिकामा उल्लेख छ ।