काठमाडौँ — न्यायधिशनियुक्तिदेखि सरुवासम्मका बिवादमा अछुतो नरहेका कानुनमन्त्री धनराज गुरुङमाथि सांदहरु खनिएका छन् । सोमबार बसेको कानुन न्याय तथा मानवअधिकार समितीबैठकमा न्यायाधीश नियुक्तको विषयलाई लिएर सांसदहरुसँग जुहारी नै चल्यो । कानुनमन्त्री धनराज गुरुङ पहिलेदेखि नै विवादरहित पात्र भने होइनन् । अहिले फेरि उनी न्यायाधीश नियुक्तीदेखि कर्मचारी सरुवासम्मको विवादमा फसेका छन् ।
एकपछि अर्को विवादित कदम बाहिरिएपछि मन्त्री गुरुङमाथि सांसदहरु खनिएका छन् । सोमवार बसेको कानुन न्याय तथा मानवअधिकार समितीबैठकमा सांसदहरुले मन्त्री जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिलाई जे मन लाग्यो त्यहि गर्ने छुट नरहेको भन्दै मन्त्री गुरुङमाथि खनिएका हुन् ।
सत्तारुढ दल र आफ्नै पार्टी नेपाली कांग्रेसभित्र पनि मन्त्री गुरुङको आलोचना भईरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले त झनै मन्त्री गुरुङसँग सन्तुष्ट हुने कुरै भएन । एमालेले जिल्ला न्यायाधीशको परीक्षामा अनुतिर्ण भएकालाई पनि न्यायाधी नियुक्त गरिएको विषयमा न्यायापरिषद् र न्याय सेवा आयोगसँग जवाफ माग्नुपर्ने भनेको छ । बैठकमा सहभागी एमाले प्रमुख महेश बर्तौलाले परीक्षामा फेल भएका व्यक्ति पनि न्यायाधीश नियुक्ति हुँदा न्यायालयप्रतिको जनआस्थामा नै असर पर्न गएको बताए ।
आफूमाथि प्रश्न उठेपछि कानुन न्याय तथा संसदीय मामिलामन्त्री गुरुङले भने आफूले संिवधान र कानुनको क्षेत्राअधिकार नमिचेको जवाफ दिए । देश र जनताको समस्या बुझेर पहल कदमी लिएको भन्दै उनले संविधानको व्यवस्था अनुरुप नै जिल्ला न्यायाधीशहरु नियुक्त गरिएको दाबी गरे । कानुनमन्त्री गुरुङ पछील्लो समय बिभिन्न बिषयमा चौतर्थी आलोचनामा पर्दै आएका छन् ।सरकारको काम कारबाहीको बिषयलाई लिएर प्रतिपक्षीसँगै सत्तारुढ नै असन्तुष्ट बन्दै गर्दा आवश्यक संयमताको खाँचो मन्त्री गुरुङमा देखिन्छ ।
प्रतिक्रिया