विदेश

पुटिनलाई सक्ने बाईडेनको चेतावनी, युक्रेनलाई ढाडस, के होला रुस–युक्रेन युद्ध ?


काठमाडौँ — अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको समर्थनबाट अमेरिका पछि नहट्ने बताएका छन् । अमेरिकी संसदमा अल्पकालिन विधेयक पारित भएको केही समयपछि राष्ट्रपति बाइडेनले युक्रेनलाई दिईएको समर्थन नरोकिने बताएका हुन् । गत वर्ष २४ फेब्रुअरी २०२२ मा रुस युक्रेनबीच शुरु भएको युद्ध अझै जारी छ । दुवै देश पछि हट्न तयार नहुँदा दुबै पक्षले ठूलो मानवीय क्षति ब्यहोरिसकेका छन् । २०२२ फेब्रुअरी २४ को राति रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध सैन्य कारबाहीको घोषणा गरेका थिए । त्यसको केही घण्टापछि अचानक युक्रेनको राजधानी किभ र आसपासका शहरमा हवाई आक्रमण थालियो । रुसको यो आक्रमणले विश्वमा हलचल मच्चाएको थियो ।

युक्रेनलाई समर्थन गर्न नेटो सदस्य राष्ट्रहरू खडा भए । अमेरिका, बेलायत, पोल्याण्ड, फ्रान्सलगायत धेरै देशले युक्रेनलाई युद्धभन्दा बाहिर रहेरै सहयोग गरे । रुस युक्रेन युद्धमा युक्रेनलाई सबैभन्दा धेरै अमेरिकाले सहयोग गरेका छन् । अझै पनि अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको समर्थनबाट अमेरिका पछि नहट्ने बताएका छन् । अमेरिकी संसदमा अल्पकालीन विधेयक पारित भएको केही समयपछि राष्ट्रपति बाइडेनको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति बाइडेनले भने, ‘अमेरिकी र युक्रेनीहरूलाई आश्वासन दिन चाहन्छु कि हाम्रो समर्थनमा भरोसा गर्न सक्नुहुन्छ । उनले अमेरिका युक्रेनको साथबाट पछि नहट्ने उल्लेख गर्दै रिपब्लिकनहरूलाई युक्रेनको समर्थनको बारेमा बोल्न पनि आह्वान गरेका छन । उनले भने मलाई आशा छ कि मेरा साथीहरूले युक्रेनलाई समर्थन गर्नेछन् । हामी युक्रेनका लागि अमेरिकी समर्थनलाई कुनै पनि हालतमा अवरोध हुन दिनेछैनौँ ।’यतिबेला अमेरिका शट डाउनको सङ्कटमा छ । यसका बाबजुद पनि अमेरिका युक्रेनप्रति प्रतिबद्ध देखिएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई समर्थन गर्न वाशिङ्टन पछि नहट्ने बताएका छन् । अमेरिकी संसद्मा शटडाउन रोक्नका लागि पारित गरिएको बिलमा युक्रेनको मद्दतका लागि सैनिक कोषको कुनै व्यवस्था छैन । तर जो बाइडेनले युक्रेनले अहिले पनि अमेरिकाको मद्दतको आशा राख्न सक्ने बताएका छन् ।

अमेरिकाले फेब्रुअरी २०२२ मा युक्रेनमा रुसको हमलापछि हालसम्म ४६ अर्ब डलरको सैन्य सहयोग प्रदान गरिसकेको छ । रुस र युक्रेनबीच चलिरहेको युद्ध अझै लामो समयसम्म चल्ने संभावना देखिंदै गएको छ । यसैगरि युक्रेनलाई प्रतक्ष वा अप्रक्ष रुपमा अमेरिका लगायत पश्चिमा देशहरुले सहयोग गर्ने हो भने युद्ध अझै लम्बिन्ने र भयाबह हुने संकेत देखिन्छ ।