Breaking

शक्तिशाली बन्दै प्रचण्ड, ओली जलहरीमा गले, गगन–शेखरको केही चलेन, चीन र भारत पनि रिझाए


काठमाडौँ — भिडेर या भनेर लचक भएर सत्ता जोगाउने प्राविधिक ज्ञान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेश्रो कार्यकालमा प्रयोग गरिहेका छन । कहिले फायल खोल्ने कहिले त्यसैमा वार्गेनिङ गर्ने गरेका उनी गठबन्धनकै भविष्य धरापमा परेको वर्तमान अवस्थालाई समेत आफ्नो पक्षमा पार्न सफल भएका छन । त्यस्तै छिमेककै मन समेत जित्न सफल उनले कांग्रेसभित्रै बढेको सरकारप्रतिको असन्तुष्टिलाई समेत कावुमा राखेका हुन । शिक्षकदेखि डाक्टरसम्म सडकमा आउदाँ विदेश शयरमा रहेका प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्ड दवावमा परेको विश्लेषण सुरु भईसकेको थियो ।

फलत ः उनको स्वदेश फिर्ती नेपालमा नयाँ अनुहारको नेतृत्वको सुरुवात हुने चर्चा हुँदा सबैभन्दा ठूलो सत्तारुढ दल नेपाली कांग्रेसभित्रै सरकारप्रति असन्तुष्टि तिब्र छ । यतिमात्र नभएर ठुला प्रकरण खोलेर निष्कर्षमा नपुर्याउनु नै अहिलेको अराजकताको कारण भएको तर्कका विच बाहिरका नेताहरूले कार्यकारी प्रमुखका रूपमा उनले देशबाहिर बिताएको समयलाई लामो समयलाई .‘अनावश्यक लामो’, ‘गैर जिम्मेवारीपूर्ण’, ‘पर्यटकजस्तो’, ‘आन्तरिक मामिलामा असंवेदनशील’ भन्दै आलोचना गरे । जसले उनी विस्तारै घेराबन्दीमा पर्न थालेको चर्चा सुरु भएको थियो भने सुन प्रकरणको छानविनका लागि गठन गर्ने भनिएको समिति गठन नभएर एमाले रिसको आगो भएको थियो ।

जहाँ उनको स्वदेश फिर्ताको खवर नसेलाँउदै पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको आलोचनाको शिकार समेत प्रचण्ड बने । जसलाई लिएर रास्वपा लगायत दलले विरोधको आधार पाए भने जनस्तरमा पनि आलोचना भयो । अर्कातर्फ यसले कांग्रेस नेताहरुले उठाएका प्रश्नलाई वल पुग्दा रास्वपाले त सर्वदलिय वैठक नै वहिष्कार गरेको थियो । त्यस्तै एमालेले छानविन समिति नबनाए संसद अवरुद्धको धम्की दिएपछि चीन भ्रमणका वेला चुच्चे नक्साका विषय उठ्न नसकेको तथा उनको भ्रमण घुमघाम भन्दा माथि उठ्न नसकेको विषय अझ उछालिने पक्का थियो ।

जहाँ कांग्रेसका महामन्त्री गगन थापाले सरकारबाट पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने प्रस्ताव नै गरिसकेका छन । प्रचण्ड र माधव नेपालले सरकारको नेतृत्व गर्दा समाजवादी मोर्चालाई एक्लै सरकार चलाउन दिनुपर्ने प्रस्ताव गरेका उनले मोर्चापछि कांग्रेसको भागमा परेको बेलामा मोर्चाको समर्थनमा कांग्रेस एक्लैले चलाउन पाउनुपर्ने र त्यसो गर्दा आआफ्नो सरकारको बेलामा भएको जस अपजस आआफ्नै पार्टीले पाउने बताएका थिए ।

तर सभापति शेरबहादुर देउवालाई फकाएर सहयात्री भित्रको असन्तुष्टिलाई मथ्थर पारेका प्रचण्डले जलहारी काण्डमा अख्तियार अघि सारेर एमालेलाई तह लगाएका थिए । चुपचाप एमाले संसद सन्चाल गर्न तयार हुनु तथा प्रचण्डमाथिका प्रश्नहरु नरम हुनु यसैको उपजका रुपमा हेरिदाँ विदेशी शक्ती सन्तुलमा समेत उनी सफल देखिएका हुन । यसअघि नै गेरुबस्त्र लगाएर भारत खुसि पारेका उनी अमेरिकाको बाटो हुदै चीन पुगेर पश्चिमा शक्तीलाई हातमा लिए । चीनमा गएर विआरआईलाई ओझेलमै राख्दा समेत चीनको प्रशंशा पाएका उनले मानसरोवर पुगेर भारतलाई अर्को सन्देश दिएका थिए ।

जहाँ विआरआईको विषय नउठ्दा स्वदेशकै सहयात्रीमा समेत खुसि हुने परिस्थिती निर्माण हुदाँ नारायणकाजी जस्ता हठी स्वभावकालाई साईजमा ल्याउने तथा सरकारविरुद्ध धावा वोल्ने वालेन समेत संबादको बाटोमा आउदाँ मधेशमा विकल्प भनिएका साना दल पनि उनले जता खेलायो त्यतै खेलिरहेका छन । शुसासन कहाँ गयो? भनेर अहिले कांग्रेसले जति प्रश्न गरिरहेको छ, त्यति आक्रोश एमालेले पनि पोखिरहेको छैन ।

जसलाई भिडेर जाने भन्दा मिलेर जाने प्रचण्डको रणनितिको नतिजा मान्दा संसदमै उठेका धेरै विषयमा समेत एमाले नै पछि हट्नु परेका उदाहरणहरु प्रसस्त छन । जहाँ सर्वोच्चले नै कारण देखाउ आदेश दिएपनि ललिता निवासमा सहकर्मीलाई जोगाउन प्रचण्ड सफल भईसकेको विषय अन्य दलको मौनताले समेत देखिएको छ । अर्कातर्फ आफू वद्नाम भएर पनि शेरबहादुर देउवाको ईशारा बुझन थालेका छन ।

समग्रमा प्रचण्ड अहिले वद्नाम भएपनि भिडेर अघि नजाने बाटोमा छन तर अवस्था प्रतिकुल बने किन कसैलाई छोड्ने भन्ने परिस्थिती नवन्ला भन्ने खतरा समेत उनले देखाईरहेका छन । जहाँ उनको जो सुकै संग होस फेस गर्ने रणनिति यो पटक सफल देखिदाँ अंकगणितीय अवस्थाले समेत विपक्षी पेलिरहेका छन ।

जसका लागि देउवाको हात नै सवैभन्दा महत्वपूर्ण हो । जसको रापतापमा साच्चिकै प्रतिपक्षी बन्न सक्ने भनिएका एमालेलाई त गाह्रो पर्ने नै भयो नयाँ भनिएका दलहरुलाई समेत मुख टालिने काम भएको छ । जहाँ तत्काल समस्या संम्बोधन गरिदिने जस्तो प्रचण्डको बाटो पनि बढो रणनितिक छ ।