Breaking

संसद भवनको ठेक्का अवधि फेरि थप्न सकिंदैनः मन्त्री सीता गुरुङ


काठमाडौँ — शहरी विकासमन्त्री सीता गुरुङले निर्माणाधिन संघीय संसद भवनको ठेक्का अवधि थप गर्न नसकिने बताएका छन् । मन्त्री गुरुङले कार्य प्रगति सन्तोषजनक नभएको उल्लेख गर्दै हचुवाको भरमा सरकारले सो भवनको ठेक्का सम्झौता अवधि थप गर्न नसकिने प्रष्टयाएको हो ।

सोमबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति नेतृत्वको टोलीसँग सो भवनको अनुगमन गर्न पुग्नुभएकी उहाँले सञ्चारकर्मीमाझ असोज महिनाभित्र सम्पन्न गरिसक्ने सर्तमा पछिल्लो समय पनि आफूले ६ महिना म्याद थप गरिदिएको तर काम सोही अनुसार नभएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

मन्त्री गुरुङले आफूहरुले हिउँदे अधिवेशन सोही भवनबाटै सुरु गर्नेगरी सम्बन्धित निकायलाई निर्माण कार्य सम्पन्न गर्न पटकपटक ताकेता गरेको पनि बताए । म्याद थप गरेर समस्या समाधान नहुने भएकाले सम्बन्धित पक्षले असोज महिना भित्र सो भवनको निर्माण कार्य सम्पन्न गर्नुपर्ने उनको भनाई छ ।