Breaking

पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ जना घाइते


काठमाडौँ – दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् ।

पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको बस आज सोमवार बिहान ५ बजे दुर्घटनामा परेको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही-४ बन गाउँको बबइसोता पुलको साइडमा दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

बस अनियन्त्रित भइ सडकदेखि १० मिटर तल खसेको उनले बताए ।

घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले चालक रामेछापको सुनपति गाउँपालिका-३ का ३३ वर्षीय रामकृष्ण खड्कालाई नियन्त्रणमा लिएको छ ।

बसमा १६ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।