Breaking

एमाले कोशी प्रदेशको अधिवेशनमा उपाध्यक्षसहित ४९ जना निर्विरोध


काठमाडौँ– एमाले कोशी प्रदेशको अधिवेशनमा उपाध्यक्षसहित ४९ जना निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्ष टीकाराम चेम्जोङसहित ४९ जना सदस्य निर्विरोध निर्वाचित भएका हुन् । प्रमुख निर्वाचन अधिकृत चुडामणि आचार्यका अनुसार एक उपाध्यक्ष र ४८ सदस्य निर्विरोध निर्वाचित भएका छन् । अब चार पदाधिकारी र १६२ सदस्यका लागि निर्वाचन हुनेछ । १६६ पदका लागि साझ सात बजेबाट सुरु गर्ने तयारी रहेको उनले बताए ।

एक पटकमा ३९ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको मतदान केन्द्र व्यवस्थापन स्वयंसेवक प्रमुख रोहित कोइरालाले बताए । प्रदेश अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडा चुनावी मैदानमा छन् सचिवमा शैलेश लामा र राजकुमार भण्डारी उम्मेदवार छन् । उपसचिवमा खेम नेपाली, देवान राई र जलवर्षा राजवंशी उम्मेदवार छन् ।