Breaking

तीन घण्टा लामो सोधपुछपछि अभिनेता अनमोल केसीलाई सरकारी वकिलको कार्यालयतर्फ लगियो


काठमाडौँ– तीन घण्टा लामो सोधपुछपछि अभिनेता अनमोल केसीलाई सरकारी वकिलको कार्यालयतर्फ लगिएको छ । प्रहरीले महानगरीय प्रहरी परिसर टेकुमा केसीसँग सोधपुछ गरेको थियो । उक्त सोधपुछमा अनमोलले आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ फिल्मका निर्माताले लिन अस्वीकार गरेको बताएका थिए । साथै, स्क्रिप्ट चित्त नबुझेर प्रोजेक्ट अस्वीकार गरेको बताएका थिए । अनमोललाई भेट्न भुवन केसीकी छोरी दिदी तथा अनमोलकी दिदी काजल पनि पुगेकी थिइन् । उनलाई प्रहरीले अहिले जिल्ला अदालतमा उपस्थित गराउन लगिरहेको छ ।