Breaking

डाक्टरमाथि हातपात विरोधमा काठमाडौं मेडिकल कलेजका चिकित्सकहरु प्रदर्शनमा


काठमाडोँ– सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात भएको विरोधमा त्यहाँका चिकित्सकहरु प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले काम बन्द गरेर अस्पताल अगाडिको सडकमा धर्दा नदिएका छन् । मिर्गौला रोगको परीक्षणका लागि बहिरंग सेवा ओपीडीमा आएका बिरामीले आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्न डाक्टर मनिष खड्कामाथि आक्रमण गरेको अस्पताल प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । उक्त घटनामा संलग्नको आरोपमा प्रहरीले रुपक गौतम सरोज गौतमलाई पक्राउ गरेको छ । डाक्टरहरुले आफूहरूको सुरक्षा र कुटपिटमा संलग्नलाई कारबाहीको माग राखेका छन् ।