काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छिमेकी मुलुक चीनको साताव्यापी औपचारिक भ्रमण सक्काएरस्वदेश फर्किएका छन । न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागीलगत्तै उत्तैबाट उत्तरी छिमेकी चीन पुगेका प्रधानमन्त्री प्रचण्ड चीनमा उच्चस्तरीय दुईपक्षीय भेटवार्ता र विविध बुँदामा सम्झौता गरेर नेपाल फर्किएका हुन् । कुटनीतिक रुपमा भ्रमण महत्वपूर्ण र उपलब्धिमुलक भएको दाबी गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उत्तरी छिमेकी मुलुक चीनको साताव्यापी औपचारिक भ्रमण सक्याएर स्वदेश फर्किएका छन । १५ दिन लामो विदेश भ्रमण सक्काएर स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डलाई नेपाली सेनाको सलामी सहित स्वागत गरिएको छ । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र संघको ७८ र्औ महासभामा भाग लिन भदौ ३० गते मित्रराष्ट्र अमेरिका पुगेका थिए । उनी उतैबाट असोज ६ गते उत्तरी छिमेकी चीन प्रस्थान गरेका थिए ।
प्रचण्डको स्वागतमा रातो कार्पेट विच्छएको चिनले उप–प्रधानमन्त्रीमार्फ स्वागत गरेको थियो । एसियन गेम्स्को उद्घाटन सत्रमा सहभागी हुन चिन पुगेका प्रधानमन्त्री प्रचण्डले असोज ६ गते चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हाङजाउमा वान टु वान शिष्टाचार भेट गरे । असोज ८ गते समकक्षी ली छियाङसँग औपचारिक भेटवार्ता सकेर छोङछिङ, तिब्बतको ल्हासा, कैलाश मानसरोवरको भ्रमण गरेर शुक्रबार सिचुआनको छेन्दु पुगेका प्रधानमन्त्री प्रचण्ड शनिवार काठमाडौ आइपुगेका हुन् ।
१९ तोपको सेनाको सलामी चीन र नेपालबीच झण्डै चार वर्षदेखि रोकिएको उच्चस्तरीय भ्रमण आफूले सुरुवात गरेको प्रधानमन्त्री प्रचण्डको भनाई छ । नेपाल र चीनबीच ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाएको र आपसी विश्वास थप सुदृढ भएको उनको तर्क छ । राष्ट्रपति सी र प्रधनमन्त्री ली छियाङसँगको छलफलले दुई देशबीचको आपसी सम्बन्धलाई थप उचाइ दिएको प्रधानमन्त्री प्रचण्डको दावी छ ।
प्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री प्रचण्ड तेस्रो पटक चिन पुगेर नेपाल फर्किएका हुन् । द्विपक्षीय भेटवार्ताका क्रममा विगतमा दुई देशबीच भएका सम्झौता कार्यान्वयनमा दुवै पक्षबाट प्रतिबद्धता व्यक्त भएको भए भने भ्रमणका क्रममा नेपाल र चीनबीच विद्युत्, सडक पूर्वाधार, कृषि, व्यापारलगायत क्षेत्रमा विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भए ।
चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दे लैजाने बारेमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको भनाई छ । भ्रमणको सुरुवात न्यूयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन, अमेरिकी राष्ट्रपति जो बाइडनसँगको भेट अन्य विभिन्न मुलुकका प्रमुखहरुसँग भएको महत्वपूर्ण साइडलाइन वैठक र समुहगत छलफल लगायत अन्तराष्ट्रिय मञ्चमा नेपालको उपस्थिति थप बलियो भएको उनको दाबी छ ।
प्रधानमन्त्री प्रचण्डले नेपाल फर्किएसँगै आफ्नो भ्रमण फलदायी भएको ४० बुँदे फेरिस्ता सार्वजनिक गरेका छन् । पश्चिमा शक्ति अमेरिका हुँदै चीन हुँइकिएका प्रधानमन्त्री प्रचण्डलाई चीनमा भएको स्वागत र कुटनीतिक सौहार्दताको प्रशंसा भए पनि नेपालले जारी गरेको चुच्चे नक्सा र विआरआईवारे भने उपलब्धि हाँसिल हुन सकेन ।
दोस्रो पटक संयुक्त राष्ट्रसंघमा सम्बोधन गर्न पुगेका प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम पूर्णता दिने प्रतिवद्धता भने पाए ।समग्रगमा आलोचनाकाबीच प्रधानमन्त्री प्रचण्डको भ्रमण कुटनीतिक सम्बन्ध सुधारका हिसावले अर्थपूर्ण मानिएको छ ।
प्रतिक्रिया