विदेश

अमेरिकाको न्यूयोर्कमा ७५ वर्षयताकै ठूलो वर्षा

४ सय भन्दा बढी विद्यालय डुबानमा, रेल नेटवर्कसमेत प्रभावित


काठमाडौँ– अमेरिकाको न्युयोर्कमा आँधीका कारण आपत्कालीन अवस्था घोषणा गरिएको छ । आँधीका कारण त्यहाँ मुख्य गरी सडक र विमानस्थल अस्तव्यस्त भएको छ । केही क्षेत्रमा पाँच इन्च अर्थात् १२ दशमलव ७ सेन्टिमिटरसम्म पानी परेको छ । न्युयोर्कका गभर्नर क्याथी होचुलले मानिसलाई सुरक्षित रहन र बाढी पसेका सडकमा यात्रा नगर्न आग्रह गरेका छन् । अधिकारीहरूका अनुसार न्यूयोर्क शहरमा ७५ वर्षयताकै ठूलो वर्षा भएको हो । सन् १९४८ पछि न्यूयोर्कमा यति ठूलो वर्षा भएको थिएन । वर्षाका कारण एक हजार ४ सय भन्दा बढी विद्यालय डुबेका छन् भने रेल नेटवर्कसमेत प्रभावित भएको छ ।