Breaking

चीन भ्रमण सकिएपछि छेन्दु विमानस्थलबाट बिदा भए प्रधानमन्त्री


काठमाडौँ – चीन भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन्।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्री प्रचण्ड आज बिहान सिचुवान प्रान्तको छेन्दुबाट नेपाल फर्किएका हुन्।

उनलाई सिचुवान प्रान्तका भाइस गभर्नर यङ चिनफिङ, बेइजिङ र सिचुवानका विदेश मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूले छेन्दु विमानस्थलबाट बिदाइ गरेका छन्।