Breaking

देशभर मौसम बदली र वर्षाको सम्भावना


काठमाडौँ – आज ((शनिबार) देशभर मौसम बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। यो भनेको कतै घाम कतै बादलको अवस्था हो।

यसैगरी दिउँसो कोशी, मधेश र बागमती प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ।

यस्तै राति कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली रही बाँकी स्थानमा मौसम आंशिक बदली रहनेछ।

यस क्रममा कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।