काठमाडौँ– नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । पार्टी कार्यालय च्यासल ललितपुरमा अध्यक्षका उम्मेदवारद्वय कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलले मतदान गरी सुरु गरिएको हो । सहमति र प्राविधिक तयारीका नाममा पटक पटक सर्दै आएको मतदान दिउँसो साढे १ बजे सुरु भएको मुख्य निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिनुभयो । मतदानका लागि ४० वटा विद्युतीय भोटिङ मेशिन राखिएको छ । १३ जिल्लाबाट १ हजार १ सय ७२ जना प्रतिनिधिले मतदान गर्नेछन् ।
Breaking
प्रतिक्रिया