अर्थनीति

अर्थ समितिद्धारा समितिको कार्यविधि, २०८० स्वीकृत


काठमाडौँ– अर्थ समितिले समितिको कार्यविधि, २०८० स्वीकृत भएको छ । शुक्रवार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिले समितिको कार्यविधि मस्यौदामाथि दफावार छलफलपछि कार्यविधि स्वीकृत गरेको हो । बैठकमा समिति सभापति सन्तोष चालिसेले अर्थसमिति सञ्चालन कार्यविधि,२०८० सर्वसहतले पारित भएको बताउनु भयो । यस्तै अर्थ समिति सभापतिचालिसेले अर्थसमितिले सरकारलाई दिएका ८० प्रतिशत निर्देशन कार्यान्वयन नभएको बताउनुभएको छ । बैठकको भत्तामात्रै लिनको लागि बैठक बसेर निर्देशनदिने तर सरकारले कार्यान्वयननगर्दा नकारात्मक सन्देश गएको बताउनु भयो । समितिले अहिलेसम्मदिएकानिर्देशनपालनानभएको र सरकारले गरेका निर्णय कार्यान्वयनको विषयमा समितिले व्यापकछलफल गरी अनुगमनगर्न आवश्यक रहेको बताउनु भयो । भन्सार प्रमुखहरुले अर्थ समितिलाई फोन गरेर भन्सार अनुगमनको लागिआग्रह गरेको उहाँले बताउनुभयो । उहाँले भन्सारमाठूलो रकमको राजश्वगुम्दा समेत सरकार मौन बसेर राजश्वको चिन्तागर्ने काममात्रै भएको बताउनु भयो ।