विदेश

ताईवानलाई उचाल्दै अमेरिका, चिढियो चीन, नेपालको ‘एक चीन नीति’ होला कायम ?


काठमाडौँ — ताइवान चीनको तनाव मात्रै नभइ विश्वका शतिmशाली राष्ट्रहरुबीचको चासोको विषय पनि हो । चीनले दाबी गरेको ताइवानउपर अमेरिकाको सहयोग र स्थानीयको असन्तुष्टीका कारण राजनितिक संकट समेत निम्तिने गरेको छ । सधै चीनले आफ्नो अभिन्न अंग ताइवानलाई ठाने पनि ताईवानले आफ्नै संविधान र प्रजातान्त्रिक निर्वाचन प्रणाली भएको स्वशासित चीनभन्दा भिन्न ठान्छ ।

चीनले ताइवान आफूबाट छुट्टिएको एउटा प्रान्त भएको दाबी गर्दै अन्ततः फिर्ता ल्याइने विश्वास गर्छ । अर्कोतर्फ ताईवानले आफ्नै संविधान र प्रजातान्त्रिक निर्वाचन प्रणाली भएको भएको भन्दै आफूलाई चीनभन्दा भिन्न ठान्छ । चिनिया राष्ट्रपति सी जिन पिङले ताइवानसँगको पुर्नएकीकरण हासिल गर्नैपर्ने भन्दै आवश्यक परेमा त्यसका लागि बल प्रयोग गर्न सक्ने सम्भावनालाई समेत नकारेका छैनन् । ताइवान दक्षिणपूर्वी चीनको तटबाट करिब १०० माइल टाढा अवस्थित एउटा टापु हो । यो पहिलो टापु श्रृंखला’ मा अवस्थित छ जसमा धेरै अमेरिकी समर्थकहरू अवस्थित छन् । यी सबै टापुहरू अमेरिकाको विदेश नीतिका लागि धेरै महत्त्वपूर्ण पनि छ ।

यदि चीनले ताइवानलाई कब्जा गर्छ भने धेरै पश्चिमी विज्ञहरूको विचारमा यो पश्चिमी प्रशान्त महासागरमा आफ्नो प्रभुत्व स्थापित गर्न स्वतन्त्र हुनेछ । यता एक चीन नीति मान्ने राष्ट्रहरुले ताईवानलाई मान्यता दिएका छैनन । मुख्य भूमि चीनलाई जनगणतान्त्रिक चीन भनिन्छ भने ताईवानलाई गणतान्त्रिक चीन भनिन्छ । ताईवानलाई अहिलेसम्ममा चौध देशले मात्र देशको रुपमा मान्यता दिएका छन् । नेपालले पनि खुलेरै चीनको समर्थन गर्ने गरेका छन् । नेपालले सन् १९५५ मा कुटनीतिज्ञ सम्बन्धलाई औपचारिकरुप दिएको थियो ।

त्यसवेलादेखिनै नेपालले एक चीन नितिलाई समर्थन गर्दै आएको छ । नेपाल र चीनबीच कुटनीतिज्ञ सम्बन्ध स्थापना भए लगतै नेपालले चीनको यो अढानलाई सहर्ष स्विकार गर्दै आएको छ । अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा छन् । सोमबार बेजिङमा चिनियाँ प्रधानमन्त्री ली छियाङसंग प्रचण्डले भेटवार्ता गरेपछि नेपालको परराष्ट्रमन्त्रालयल र चिनियाँ परराष्ट्रमन्त्रालयलले निकालेको संयुक्त वक्तव्यमा भनिएको छ नेपाली पक्षले एक चीन सिधान्तमा आफ्नो दृढ प्रतिवद्धता दोहो¥याको छ । जनगणतन्त्र चीनको सरकार सम्पुर्ण चीनको एक मात्रबैद सरकार रहेको मान्यता राख्दै ताईवान चीनको अभिन्न अंग रहेको हुँदा नेपाली पक्ष ताईवानको स्वतन्त्रताको बिपक्षमा छ ।

वक्तव्यको ६ नम्बर बुँदामा लेखिएको छ । यता चीन र अमेरिकाबीच विश्वव्यापी विवादका विषयमध्ये एक हो – ताइवान मामिला । चीनले ताइवानलाई आफ्नो अभिन्न अंग मान्छ र अमेरिकाले सम्बन्ध बढाए विरोध गर्ने गरेको छ । ताइवानसँग रणनीतिक र आर्थिक सम्बन्ध बढाएर आफूलाई काउन्टर गर्ने अमेरिकी नीति रहेको चीनको बुझाइ छ । अमेरिकाले एकातिर ताइवानलाई ठूलो मात्रामा हतियार बिक्री गर्छ अर्कातिर ताइवानको आकाशमा चीनले सैनिक विमान उडाए त्यसको विरोध अमेरिकाकातर्फ हुने गरेको छ ।

अबका दिनमा ताइवानप्रति चीनको व्यवहार कस्तो हुन्छ र अमेरिकाले ताइवान मामिलामा कस्तो रणनीति अख्तियार गरेर चीनलाई काउन्टर गर्ने प्रयास गर्छ त्यसले चीन–अमेरिका सम्बन्धको भविष्य बताउने कूटनीतिक मामिला जानकारहरूको भनाइ छ । यता चीन र अमेरिका तनाव बढेको खण्डमा त्यसको दबाब नेपाललाई पनि पर्ने संकेत देखिइसकेको छ । तनाव बढेका बेला चीन र अमेरिका दुवैले नेपाललाई आआफ्ना पक्षमा तान्न कोसिस गर्नेछन ।