Breaking

नारायणकाजीको राजमा हत्यारालाई फूलमाला,प्रचण्ड–देउवा साक्षी,गोरु काट्नेदेखि नेता काट्नेसम्म किन बढे ?


काठमाडौँ — सरकारले अपराधको राजनीतिकरण गर्नमाउद्दत रहेको आरोप खेपिरहेको बेला सत्ताघटक नेकपा माओवादी केन्द्रले नै समाजमा अराजतका बढिरहेको निश्कर्ष निकालेको छ । अर्थात सरकारकै नेतृत्व गरिरहेको माओवदीको यस्तो निश्कर्षले सरकारले अराजकता रोक्न आवश्यक कदम चालेन भन्ने स्पष्ट छ । केही दिन यता विद्यालयमा हुनुपर्ने शिक्षक सडकमा छन् । अस्पतालमा हुनुपर्ने चिकित्सक पनि सडकमै छन् ।

चिकित्सक कुटिइरहेका छन् । अर्थात देश अशान्त छ । खुँडा हानेर हत्या गर्नेहरु सरकारबाट आममाफी पाईरहेका छन् । सांसदहरु नै प्रहरीको ज्यान लिनेसम्मको धम्की दिईरहेका छन् । मधेशमा धार्मिक सद्भ ावविथोलिरहेको छ । सरकारले भने यस्ता घटनामा अनुसन्धान गरेर दोषीलाई कारवाही गर्ने भनेको महिनौं भइसक्यो ।

अहिले सरकारमै रहेको नेकपामा ओवादी केन्द्रले पनि अराजकताका संकेतहरु देखा परेको निश्कर्ष निकालेको छ तर त्यसलाई निरुत्साहित पार्नेगरी सरकारको सक्रियता खासै देखिदैन ।
भिडियो