विदेश

आणविक हतियार उन्मुलन गर्न महासचिव एन्टोनियो गुटेरेसको आह्वान


काठमाडौँ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियार उन्मुलन गर्न आह्वान गरेकाछन् । आणविक हतियारको पूर्ण उन्मुलनका लागि यस अन्तर्राष्ट्रिय दिवसमा मौलिक सत्यलाई स्वीकार गर्नुपर्ने उनको भनाई छ । उनले आणविक हतियारको प्रयोग रोक्नको लागि एकमात्र विकल्प त्यसलाई हटाउनुभएको बताए । महासचिव गुटेरेसले आणविक हतियार घटाउँदै लैजानुपर्नेमा झनै बढ्दै गइरहेको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।