Breaking

बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरु आन्दोलित

??????????????????????????????????????? ????????????????????? ???????????????????????? ????????????????????? ???????????? ??????????????????

योहो संवाददाता

काठमाडौँ– चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरु आन्दोलित भएका छन् । मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको बिरोध गर्दै चिकित्सकहरुले आज माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका हुन् । स्वास्थ्यकर्मीमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै चिकित्सकहरु सडकमा उत्रिएर बिरोध जनाएका हुन् । स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्व कार्यान्वयनको माग राखेका छन् । बिरोध प्रदर्शनका क्रममा सञ्चराकर्मीहरुसँग कुरा गर्दै आन्दोलनरत चिकित्सक शेषराज घिमिरेले सरकारले सहमति गरेर मात्रै नपुग्ने भन्दै पक्राउ गरेर कारबाही गर्न माग गर्नुभयो । सरकारले पक्राउ गरी कारबाही नगरेसम्म आफूहरुको आन्दोलन जारी राख्ने चिकित्सकहरुले बताएका छन् ।