विदेश

एक्लिए मोदी, निज्जर प्रकरणले अमेरिका, चीन र बेलायत भारतको विरुद्धमा, कहाँ हरायो मोदीको शक्ति ?

योहो संवाददाता

काठमाडौँ — भारतको मित्र राष्ट्र चीनसंगै क्यानाडा, अमेरिका, वेलायत, न्युजिल्याण्ड र अष्ट्रेलियालगायत देशसँगको सम्बन्ध चिसिँदै गएको छ । उनीहरुले भारतलाई साथ छाड्ने लगभग पक्कापक्की जस्तै छ । क्यानडामा सिख नेता हरदीपसिंह निज्जरको हत्यामा भारतको संलग्नता देखिए पछि क्यानडाको समर्थन गर्दै उनीहरुले भारतको विरोधमा औपचारिक प्रतिक्रिया नै दिएका छन् । कुनै वेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दवदवा कुनै फिल्मको सुपरस्टार भन्दा कम थिएन ।

मोदीको जयजयकार गर्नेदेखी मोदीको खुट्टा ढोग्नेसम्मको दृष्यले संचार माध्यममा हेडलाईनकै रुपमा प्राथमिकता पायो । अमेरिका, अष्ट्रेलिया, पपुवा न्यूगिनीलगायत धेरै देशमा मानवसागर नै उतारियो । तर मोदीको हिरोपन्ती बिस्तारै खलनायकमा परिणत हुदैँ गएको छ । आफ्नै देशमा आयोजना गरेको जी–२० सम्मेलनमा छिमेकी देश चीनका राष्ट्रपति सि जिङ पिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अनुपस्थिति जनाए । उनीहरुको अनुपस्थिले जी–२० मा भारतलाई ठुलो धक्का लाग्यो । जता पनि ठिक्क हुन खोज्ने मोदी रुस युक्रेन युद्धमा भने चुँईक्क बोलेनन् ।

ठुलै समस्या झेलिरहेको भारतले पछिल्लो समय क्यानडामा खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्या पछि त झनै ठूलो धक्का खेप्दै आईरहेको छ । खालिस्तानी नेता हरदीप सिंह निज्जरको क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तमा १८ जूनमा हत्या गरिएको थियो । यसमा भारतीय कूटनीतिज्ञको हात रहेको निष्कर्ष क्यानडाको छ । त्यसो त भारतले खालिस्तानी आन्दोलनको कडा विरोध गर्छ । भारत टुक्रनुपर्छ र पन्जाबसहित तीन ठुला राज्य समेटेर खालिस्तान देश बन्नुपर्छ भन्ने आवाज फैलिदै गर्दा खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्या गरेको हो ।

निज्जरको हत्यामा भारतको हात रहेको थाहा पाएसंगै भारत एक्लिएका छन् । यतिबेला अमेरिका, वेलायत, न्युजिल्याण्ड र अष्ट्रेलिया एक भएर क्यानाडालाई साथ दिएका छन् । वेलायतका प्रधानमन्त्री ऋषि सुनकले समेत भारतको कार्यशैलीप्रति व्यापक विरोध गर्दै क्यानाडाको कदमलाई समर्थन गर्ने घोषणा गरेका छन् । चीन, रसिया, मुस्लिम देशहरु त भनै भारतविरुद्ध एकजुट नै देखिन्छ । अझै चीनले त भारतीय मुलका खेलाडीलाई प्रवेश समेत दिएनन् ।

एशियाली खेलकुद प्रतियोगितामा छनोट भएका तीन जना भारतीय खेलाडीलाई खेल स्थलमा जाने अनुमति दिएको थिएन । यसले विश्वलाई भारत विरुद्धको ठुलो ध्रुबिकरणको संभावना बढेको छ । अरुको देशमा जाँदा जयजयकार पाएका मोदी छिमेकी देशहरुसंगको सम्बन्धलाई सन्तुलन कायम गर्नु नसक्नुले के मोदीको ओरालो यात्रा सुरु भएको हो त ?