काठमाडौँ — अमेरिकी राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीबीच भेटवार्ता भएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि दोस्रो पटक अमेरिका भ्रमणमा गएका जेलेन्स्कीले ह्वाइट हाउसमा बाइडेनसँग भेटवार्ता गरेका हुन् । रुसले युक्रेनमाथि आक्रमण गरेपछि दोस्रो पटक युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्की अमेरिकी भ्रमणमा निस्किएका छन् । जेलेन्स्कीले ह्वाइट हाउसमा बाइडेनसँग भेटवार्ता समेत गरेका छन् । भेटमा अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनी बहादुरीको प्रशंसा गर्दै अमेरिका सधै युक्रेनको साथमा रहने आश्वसन दिएका छन् ।
रुससँग युद्धरत युक्रेनलाइ सैन्य सहायता दिँदै आएको अमेरिकाका राष्ट्रपतिले समकक्षी जेलेन्सिकी बिच हुने भेटघाटलाई महत्वका साथ हेरिएको छ । बाइडेन प्रशासनले अमेरिकी संसद्् कंग्रेसलाई युक्रेनका लागि २४ अर्ब डलर विनियोजन गर्ने प्रस्ताबलाई अनुमोदन गर्नका लागि प्रस्ताव पेश गरिसकेको छ । जसअनुसार सो रकम मध्ये १३ अर्ब १० करोड अतिरिक्त सैन्य सहायता तथा आठ अर्ब ५० करोड मानवीय सहयोगमा खर्च गर्ने भन्दै बाइडन प्रशासनले संसद्सँग अनुमति मागिरहेको बेला जेलेन्स्कीले अमेरिकी संसद्को भ्रमण गएका हुन् ।
तर बाइडेन प्रशासनले आर्थिक साहयता दिए पनि रिपब्लिकन पार्टीका केही नेताले युक्रेनका जनरलहरूले युद्ध सञ्चालन गर्ने तरिकाको भने तिब्र आलोचना गर्दै आएका छन । उनीहरुले अमेरिकी सहयोगको उचित प्रयोग नगरेको भन्दै युक्रेनको नेतृत्वप्रति असन्तुष्टी जनाउँदै आएका छन । सम्भवतः रिपब्लिकन पार्टीका यस असन्तुष्टीलाई सम्बोधन गर्नका लागि पनि युक्रेनी राष्ट्रपति भरमग्दुर प्रयास गर्ने अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । यता रुस युक्रेन युद्ध अत्यन्त कठिन एवं भयावह बन्दै गएको छ । रूसको आक्रामक युद्ध विस्तारै रक्षात्मक बन्ने स्थितिमा पुगेको देखिन्छ ।
त्यसको भित्री कारण युक्रेनलाई अमेरिकासहित पश्चिमा शक्तिहरुले साथ दिनु नै हो । अन्य देशहरुले युक्रेनलाई यसैगरि हतियार सहयोग जारी राखे परमाणु क्षेप्यास्त्र प्रक्षेपण गर्न बाध्य हुने चेतावनी रूसले दिदै आएको छ । केहीले रूस–युक्रेन युद्धलाई भौगोलिक अखण्डता र स्वाधीनतामाथिको हस्तक्षेप भन्दैछन् भने केहीले अमेरिकी दादागिरीका रूपमा औल्याउन थालेका छन् । शीतयुद्धको अन्त्यपछि रूसलाई निरन्तर घेराबन्दी गर्ने योजना बनाइरहेको अमेरिकाले हाल युक्रेनलाई प्रयोग गर्दै आएका छन् । यसैगरी अमेरिका लगायत पश्चिमा देशहरुले युक्रेनलाई सहयोग गर्दै जाने हो भने तेस्रो विश्वयुद्ध हुने निश्चित जस्तै देखिएको ।
प्रतिक्रिया