Breaking

प्रचण्ड–वाइडेन भेट, चर्चा दौरा–सुरुवालकै, विश्व समुदायमाझ प्रधानमन्त्रीको याचना


काठमाडौँ — संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको सम्बोधन गर्न भदौ ३१ गते संयुक्त राज्य अमेरिको न्यूयोर्कमा ओर्लिएका प्रधानमन्त्री प्रचण्डले विहिवार महासभामा सम्बोधन गरेका छन । विश्व समुदायको चासोमा रहेको संक्रमणकालिन न्याय र शान्ति प्रक्रियावारे यसलाई तार्किक निष्कर्षमा पु¥याउन नेपाल प्रतिवद्ध रहेको उनले बताएका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडनको यो तस्विरले धेरैको ध्यान तानेको छ ।

महासभामा प्रधानमन्त्री प्रचण्डले गरेको सम्बोधनभन्दा राष्ट्रपति बाइडेन पत्नी जिल ज्याकोब र प्रधानमन्त्री प्रचण्ड पुत्री गङ्गा दाहाल समेत अटाएको यो तस्विर सर्वत्र चर्चामा छ । राष्ट्रपति वाइडेनसँग भेट हुने पूर्व सर्त अनुसार नै चीन भन्दा पहिले अमेरिका पुगेका प्रधानमन्त्री प्रचण्डका लागि यो स्वभाविक तस्विर हो । एतिहासिक तथा सौहार्दपूर्ण कुटनीतिक सम्बन्ध रहँदै आएको नेपाल र अमेरिकी उच्च अधिकारीबीच दुई पक्षीय कुटनीतिक छलफल तदर्थ तर तस्विर मुख्य बन्नु नयाँ कुरा होइन ।

जति आम सर्वसाधरणका लागि सपनाको शहर अमेरिका पुग्ने रहर हुन्छ हाम्रा नेतृत्वलाई ह्वाइट हाउससँग जोडिएका जो कोहिसँग तस्विर मात्र भए पनि खिच्ने चाह पुरानै हो । प्रधानमन्त्री प्रचण्डले यसलाई निरन्तरता मात्र दिए वा राष्ट्रपति बाइडेनसँग केहि अर्थपूर्ण संवाद पनि विस्तारै सार्वजनिक हुने नै छ । संक्षिप्त भेटमा दुई देशबीच आपसी हितका विषयमा सहकार्य सम्बन्धी कुराकानी भएको उल्लेख गरिएको छ ।

तथापी तत्कालका लागि दौरा–सुरुवालमा ठाटिएर अमेरिका उडे पनि जोन अफ केनडी विमानस्थलमा ओर्लिदा टाई–सुटमा ओर्लिए पछि आलोचित बनेको जमातलाई राष्ट्रपति बाइडेनसँगको भेटमा दौरा सुरुवाल र भादगाउँ टोपी पहिरिए पछि प्रफुलित बनाई दिएको छ । संयुक्त राष्ट्रसंघको ७८ र्औ महासभाको सम्बोधन गर्न न्यूयोर्क पुगेका प्रधानमन्त्री प्रचण्डले नेपालले अध्यक्षता गरिरहेको दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क व्युँत्याउने प्रयास असफल भए पनि अन्य केहि मुलुकका राष्ट्र प्रमुखहरुसँग साइडलाइन वैठक गरेका छन ।

महासभाको चौथो दिन विहिवार प्रधानमन्त्री प्रचण्डले नेपालकोतर्फबाट सम्बोधन गरेका छन । प्रधानमन्त्री प्रचण्डले सामाजिक उत्थान, राजनीतिक समावेशितावारे विश्व समुदायलाई जानकारी गराएका छन । संसदमा विचारधिन टिआरसी विधेयक सबै सरोकारवाला पक्ष र समाजले ग्रहण गर्ने गरी शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने प्रतिबद्धता विश्व समुदायमाझ गरेका छन ।

महासभामा जानु पूर्व नै सत्य निरुपण तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङग्याउने कसरत प्रधानमन्त्री प्रचण्डले नगरेको भने होइन । तर राजनीतिक दलहरुबीच सहमति जुटाउन नसक्दा विधयक विचारधिन अवस्थामा छ । आफै पटक पटक सत्तामा पुग्दा समेत निष्कर्षमा पु¥याउन नसकेको विधयक दलहरुबीचको राजनीतिक स्वार्थको दलदलमा थप पेचिलो बन्नेमा दुई मत छैन ।

राजनीतिक दल र नेताहरु एक–अर्कालाई दोषारोपण गर्ने प्रवृत्तिले यो विषय यसै टुङगिन्छ भन्न सक्ने अवस्थामा छैन । प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका कारण अतिकम विकसित राष्ट्रहरुले भोग्नु परेको समस्यावारे विश्व समुदायको ध्यानकर्षण समेत गराएका छन । महासभा भ्याएर प्रधानमन्त्री प्रचण्ड शुक्रवार अमेरिका हुँदै चीन प्रस्थान गरेका छन ।