समाचार

प्रधानमन्त्री ‘प्रचण्ड’ र नर्वेका समकक्षी स्टोरेबीच भेटवार्ता

योहो संवाददाता

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता भएको छ ।

राष्ट्रसंघको मुख्यालयमा भएको भेटमा प्रधानमन्त्री प्रचण्ड र नर्वेका प्रधानमन्त्री युनसबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा महत्वपूर्ण छलफल भएको जनाएको छ । दुई प्रधानमन्त्रीबीच भएको भेटमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौडेल, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साललगायत सहभागी जनाएको छ ।

प्रधानमन्त्री दाहालले राष्ट्रसंघको फोरममा भेटघाट तथा संवादलाई निरन्तरता दिइरहनु भएको छ ।