देश

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि

????????????????????????????????? ????????? ????????????????????? ?????????????????? ???????????????

योहो संवाददाता

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि सुरू हुँदैछ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीबाट सरकारका सहभागी मन्त्रीले गरेका कामको समेत समीक्षा हुने पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

नेता शेखर कोइराला समूहले जनताको अपेक्षाअनुसार सरकारले काम गर्न नसकेको भन्दै आफ्नै पार्टीबाट बनेका मन्त्रीको समेत खरो आलोचना गर्ने रणनीति बनाएको छ । कोइराला समूहले सभापति शेरबहादुर देउवा पार्टीको विधानविपरीत एकलौटी चल्न खोजेको भन्दै आलोजना गर्ने तयारी गरेको छ ।

साउन १० गते सम्पन्न केन्द्रीय समिति बैठकले पारित गरेको कार्यतालिका प्रभावित भएकामा बैठकमा छलफल हुने जनाएको छ । बुधबार नेता कोइराला र उपसभापति धनराज गुरूङले सभापति देउवालाई भेटर पार्टीमा एकलौटी अघि नबढ्न चेतावनी नै दिएका छन् । त्यस्तै मंसिर १३ गतेदेखि काठमाडौँमा हुने महासमिति बैठकको एजेन्डाबारे पनि छलफल हुने जनाएको छ ।