Breaking

आन्दोलीत शिक्षकहरूसँग सरकारको पहिलो वार्ता निष्कर्षविहीन

विधेयक फिर्ता नभएसम्म आन्दोलन फिर्ता नहुने


काठमाडौं । सरकारले आन्दोलीत शिक्षकहरूसँग गरेको पहिलो वार्ता निष्कर्षविहीन सकिएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा गृह मन्त्रालयमा आज बिहान भएको वार्ता निष्कर्षविहीन सकीएको हो । वार्ताबाट समस्या समाधान गरिने भन्दै उपप्रधानमन्त्री श्रेष्ठले शिक्षकको समस्या सबैको साझा भएकाले यसलाई शिक्षकको मात्र भनेर नबुझेको बताए ।आन्दोलन फिर्ता लिन आग्रह गर्दै संघीय शिक्षा विधेयकलाई सबैको सहमतिमा संशोधन गर्न सकिने गृहमन्त्री श्रेष्ठले बताएकाछन् । तर शिक्षक प्रतिनिधिहरूले भने विधेयक फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने बताएका छन् ।

प्रस्तावित विद्यालय शिक्षा विधेयकको बिरोधमा देशभरका शिक्षकहरु हिजोदेखि काठमाडौं आएर प्रदर्शनमा सहभागी भएका छन् ।